0Shares

पोखरा । श्री भैरव सास्कृतिक संरक्षण समिति र लायन्स कलब अफ पोखरा भैरवको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।लायन्स डिष्ट्रिक्ट ३२५ के नेपालका डिष्ट्रिक्ट गर्भनर राजेन्द्र कुमार बाटाजुको प्रमुख अतित्थ्य्तामा पोखरा महानगरपालिका वडा नं २ भैरवटोलस्थित श्री १२ भैरव मन्दिरको प्राङ्गणमा आयोजित कार्यक्रममा ६३ जनाले रक्तदान गरेका थिए ।

रक्तदान कार्यक्रममा १२ भैरव समितिका सदस्य स्थानीयवासी, युवा, समाजसेवी, बुद्धिजीवीलगायतको उपस्थित रहेको कार्यक्रमका अध्यक्ष सुकदेव गौतमले जनाकारी दिनु भयो ।
कार्यक्रममा बोल्दै श्री भैरव सास्कृतिक संरक्षण समितिका अध्यक्ष कृष्ण बहादुर प्रधानांगले रक्तदान अन्यन्त पुण्यको काम रहेको र रक्तदानबाट व्यक्तिलाई दोहोरो फाइदा हुने बताउदै शरीरमा नष्ट भएर जाने रगत दान गर्दा शरीर स्फूर्त हुने र  रक्तदान नगर्नेको तुलनामा रक्तदान गर्ने व्यक्ति शारीरिक रूपले पनि स्वस्थ रहने अध्ययनले देखाएको बताउनु भयो । उहाँले आवश्यक परेको व्यक्तिलाई  रगतदानबाट रोगीले नयाँ जीवन पाउँछ हुनाले रक्तदान नै संसारको सबैभन्दा ठूलो धर्म र सेवा भएको जानकारी दिनुभयो ।

दुर्घटनामा परेका व्यक्तिको उपचार एव अन्य रोगहरुको आकस्मिक शल्यक्रिया गर्नका लागि आवश्यक रगतको अभाव भइरहेको बताइएको र  सामान्य दिनमा समेत कुनै ठूलो दुर्घटना हुँदा रगतको माग धान्न मुस्किल पर्ने गरेकोले रक्तदान कायक्रम आयोजना गरिएको कार्यक्रम संचालक एवं लायन्स कलब अफ पोखरा भैरवका पूर्व अध्यक्ष एवं डिष्ट्रिक ३२५ के नेपालका बल्ड डोनेशन चिफ श्रीकृष्ण कतिलाले जानकारी दिनुभयो ।

आधुनिक चिकित्सामा जतिसुकै विकास भएपनि हालसम्म रगत कृत्रिम तरिकाले बनाउन सकिएको छैन । त्यसैले आवश्यक व्यक्तिलाई रगत दिनुपरेमा रक्तदान नै एकमात्र उपाय भएको समाजसेवी रमेश बाटाजुले बताउनुभयो । उहाँले मानव शरीरमा पुरानो रगतको क्षय हुने प्रक्रिया नियमितरूपमा भइरहन्छ, त्यसैले त्यत्तिकै खेर जाने रगत नियमित रक्तदान गर्दा केही फरक पर्दैन अर्थात् कुनै हानी नहुने बताउनु भयो ।

अहिले रक्तदान गर्ने क्रम घटेको छ भने अस्पताल बिरामीले खचाखच भरिएको छ । तत्काल शल्यक्रिया गर्नुपर्ने अवस्थामा, सुत्केरी, क्यान्सर र मुटुका रोगीलाई बढी मात्रामा रगतको आवश्यक्ता पर्छ । त्यसो त रक्तदान अभियान जारी रहँदा मनकारी व्यक्तिहरुले स्वतस्फूर्त रुपमै रक्तदान गरिरहेको अवस्था रहेको छ ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected