0Shares

पोखरा । कास्की निर्वाचन क्षेत्र नम्बर ३ प्रतिनिधि सभाका प्रत्यासी गठबन्धनका साझा उमेदवार रामजी प्रसाद बराल जीवनले पोखरा २२ पुम्दीभुम्दीको विकास गर्ने दाहित्व आफुहरुको भएको बताउनु भएको छ । गण्डकी प्रदेशका अर्थ मन्त्री समेत रहनु भएका उमेदवार बरालले पुम्दीभुम्दीमा केही विकासको गति अघि बढेको उल्लेख गर्दै बाँकी रहेका विकासको काम पूरा गर्ने दाहित्व आफुहरुको भएको बुधबार पोखरा २२ को गठबन्धनको सम्पर्क कार्यालयको उद्घाटन गर्दै उक्त कुरा बताउनु भएको हो ।

उहाँले भन्नुभयो,  “ हाम्रो पाँच बर्षिय कार्यको समिक्षा तपाईहरुकोले गर्नु भएकै छ, पहिला प्रदेशको सांसद हुदै अर्थ मन्त्री हुने अवसर मिल्यो अब पुनः प्रतिनिधि सभाको सदस्यमा उमेदवार दिएकोले तपाईहरुले मलाई एक पटक विकासको अगुवाई गर्ने मौका दिनु हुने छ, यहाँका विकासका अपूरा काम पूरा गर्न हामी कटिवद्ध छौं । ” निर्वाचनका वेला कुनै आग्रह र पूर्वाग्रह नराखि गठबन्धनका उमेदवारहरुलाई मतदान गर्न उमेदवार बरालले आग्रह गर्नु भयो ।

गठबन्धनका साझा उमेदवार कास्की निर्वाचन क्षेत्र ३(२) का प्रत्यासी प्रदेश सभा सदस्य प्रकाश बरालले अर्थ मन्त्री बरालको पहलमा पुम्दीभुम्दीमा केही कामको सुरुवात भएको उल्लेख गर्दै बाँकी रहेका कामहरु पूरा गर्ने जिम्मा अब आफ्नो दाहित्व भएको बताउनु भयो । उहाँले भन्नुभयो “पुम्दीभुम्दीको समग्र विकास गर्ने अभियानमा अब हामी दुई जना उमेदवार यसै क्षेत्रबाट भएकोले यसमा तपाईहरुले हामीलाई काम गर्ने अवसर दिनुहुने छ भन्ने हामीहरुले पूणर् विश्वास गरेका छौं । ”

कार्यक्रममा नेपाली काग्रेंस पोखरा २२ का सभापति होमप्रसाद बरालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कागेंस नेता राजबहादुर गुरुङ, माओबादी केन्द्र पोखरा २२ का अध्यक्ष नवराज बराल लगायतले वोल्नु भएको थियो ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected