5Shares

काठमाडौं । नेपाली कांग्रेसले मंसिर ४ को चुनावका लागि घोषणापत्र सार्वजनिक गरेको छ । शनिबार कांग्रेसले ५२ पेज लामो घोषणापत्र सार्वजनिक गरेको हो ।

पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सभापति शेरबहादुर देउवाले घोषणापत्र सार्वजनिक गरेका हुन् ।

घोषणापत्रबारे जानकारी दिँदै महामन्त्री विश्वप्रकाश शर्माले घोषणापत्रको ‘थिम’ निरन्तरतामा नविनता रहेको बताए । उनले घोषणापत्र निर्माणमा सबै समुदाय र उमेर समूहको तथा विज्ञहरुको सहभागिता रहेको बताए ।

घोषणापत्रमा कांग्रेसको नारा ‘संविधान रक्षा,स्थिरता र समुन्नतिको आधार,नेपाली कांग्रेसकै नेतृत्वमा अबको सरकार’ रहेको शर्माले बताए ।

घोषणापत्रमा राज्य सञ्चालन गर्न एमाले असफल भएको आरोप लगाएको कांग्रेसको घोषणापत्रमा संसद विघटन नगर्ने प्रतिबद्धता पनि जनाएको छ ।

‘प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि चुनावी प्रतिबद्धता’ नाम दिइएको कांग्रेसको घोषणापत्रमा दलीय विवादका कारण संसद विघटन गर्नेजस्ता असंवैधानिक र अलोकतान्त्रिक कदम कांग्रेसले नचाल्ने प्रतिबद्धता जनाइएको हो ।

दलीय विवादका कारण संसद विघटन गर्नेजस्तो अलोकतान्त्रिक र असंवैधानिक कदम नचाल्ने प्रतिवद्धता जनाइएको घोषणापत्रमा
सार्वजनिक संस्थाहरूलाई दलीय हस्तक्षेपबाट मुक्त गर्ने, नियुक्ति गर्दा विषयगत क्षमता र योग्यता हेर्ने, नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रम’लाई १०० दिन भित्रै विस्तार गरी कार्यान्वयन गर्ने जस्ता विषय समेटिएको छ ।

यसैगरी, सरकारी सम्पत्तिको दुरूपयोग तथा प्राकृतिक स्रोत–साधनको दोहन गर्न नदिने, स्वार्थले द्वन्द्व सृजना हुने कुनै पनि निर्णय वा नीतिगत प्रक्रियामा संलग्न नहुने पनि कांग्रेसको घोषणापत्रमा उल्लेख गरिएको छ ।

महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वमा रहेको ४१ सदस्यीय घोषणापत्र लेखन समितिले तयार पारेको घोषणपत्र सार्वजनिक गरिएको हो ।

5Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected