0Shares

पोखरा । नेपालीहरुको महान पर्व वडा दशैं र तिहारको समयमा सवारी दुर्घटनामा परि १० जनाको मृत्यु भएको छ । सोही समयमा सवारी नियम उल्लङ्घन गर्ने सवारी साधनबाट १ करोड राजस्व संकल गरेको छ ।
गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयले चाडपर्व सूरक्षा योजना अनरुप गरेको सवारी चेकजाँचको क्रममा सवारी नियम उल्लङ्घन गर्ने १३ हजार ६ सय ३४ सवारीलाई कारवाही गर्दा १ करोड ५ लाख ६१ हजार रुपैयाँ राजस्व संकलन भएको र दशैं तिहारमा दुर्घटनामा परि १० जनाको मृत्यु भएको गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसपी गोविन्द अधिकारीले जानकारी दिनुभयो ।
असोज १० देखी कार्तिक १२ गतेसम्म गण्डकी प्रदेशमा सवारी दुर्घटनामा परि १० जनाको मृत्यु भएको छ । जसमा जिप तथा कार दुर्घटना हुँदा ४, मोटरसाइकल दुर्घटना हुँदा ३, बस दुर्घटनामा २ तथा डोजर दुर्घटनामा १ को मृत्यु भएको हो ।
असोज १० देखी २३ गतेसम्म ५ जनाको मृत्यु भएको छ । जसमा ४ जना पुरुष र एक जना महिला छन् । भने गम्भिर घाइते १० जना रहेका छन् । यस्तै कार्तिक ७ देखी १२ गतेसम्म १ जनाको मृत्यु भएको छ । गम्भिर घाइते ७ जना रहेका छन् । उहाँले दिएको तथ्याङ्क अनुसार विशेष गरी चाडको समय असोज १० देखी २३ गतेसम्म र कार्तिकको ७ देखी १२ गतेसम्म उठेको राजस्व हो । ‘हामीले दिएको यो तथ्याङ्क विशेष गरी दुई चाडको समयको हो । हामीले सडक सुरक्षालाई तिव्रता दिनेक्रममा कारवाहीमा परेकाको विवरण हो’ उहाँले भन्नुभयो ।
तथ्याङ्क अनुसार सवारी कारवाहीमा पर्ने सबै भन्दा बढ़ी मोटरसाइकल रहेका छन् । यी दुई चाडको समयमा कुल ४ हजार ८ सय ३२ मोटरसाइकल कारवाहीमा परेका छन् । जसबाट ४० लाख ५४ हजार ५ सय राजस्व संकल भएको छ ।
यस्तै कार तथा जिप दोस्रो नम्बरमा रहेको छ । कुल ४ हजार १८ कार तथा जिप कारवाहिमा पर्दा ३१ लाख २८ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको छ । ट्रक/टिपरबाट १४ लाख ४० हजार रुपैयाँ संकलन हुँदा २ हजार ३३ कारवाहिमा परे । १ हजार ९ सय ९० बस कारवाहिमा पर्दा १४ लाख १६ हजार तथा ६ सय ४८ ट्याकटर कारवाहिमा पर्दा ४ लाख ४३ हजार राजस्व संकलन भएको छ ।
अन्य सवारी १ सय १३ कारवाहिमा पर्दा ७९ हजार रुपैयाँ राजस्व संकलन भएको छ । एसपी अधिकारीका अनुसार चाडपर्वकै समयमा मापसे कारवाहीमा पर्नेको संख्या ५ सय २८ रहेको छ । जसबाट १४ लाख २४ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।
बागलुङमा ३ महिनामा १८ लाख ९७ हजार राजस्व सङ्कलन
बागलुङ जिल्ला ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षको तीन महिनामा सवारी नियम उल्लङ्घन गर्ने चालकलाई गरेको कारबाहीबाट रु १८ लाख ९७ हजार राजस्व सङ्कलन गरेको छ । गत साउन, भदौ र असोज महिनामा मात्रै ट्राफिक नियम उल्लङ्घन गरेका २ हजार आठ सय ५० सवारी कारवाहिमा परेका हुन् ।
कारबाही पर्नेमा सबैभन्दा बढी मोटरसाइकल रहेका छन् । उक्त अवधिमा ९ सय ७९ मोटरसाइकलबाट रु ६ लाख ३९ हजार पाँच सय राजस्व सङ्कलन भएको छ । तीन सय ८५ कार र जीपबाट रु तीन लाख ८८ हजार, तीन सय ४९ ट्रक तथा टिपरबाट रु दुई लाख ४० हजार, चार सय ९३ ट्र्याक्टरबाट रु तीन लाख ४२ हजार, चार सय १९ बसबाट रु दुई लाख ७४ हजार पाँच सय र अन्य २२ सवारीसाधनबाट १३ हजार गरी रु १८ लाख ९७ हजार राजस्व सङ्कलन भएको हो ।
कास्कीको राजस्व उठ्नै बाकीँ
कास्कीमा राजस्व संकलन बैंक मार्फत हुने भएकाले कति कारवाहिमा र कति राजस्व उठ्न बाकिँ भन्ने नखुलेको प्रमुख अधिकारीले बताउनुभयो । उहाँले समग्र गण्डकीको दुई चाडको मुख्य समयमा गरिएको कारवाहिको विवरण दिदैँ तिहारको समयमा भएको सवारी कारवाहिको विवरण आउन बाकिँ रहेको सुनाउनुभयो । ‘कास्कीमा बैंकिङ प्रणालीबाट राजस्व तिर्ने व्यवस्था छ । त्यसैले कास्कीको राजस्व संकलनको तथ्याङ्क आएको छैन् । बैंक खुलेपछिमात्रै थाहा हुन्छ’ उहाँले भन्नुभयो ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected