२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
खबर

सडक निर्माणमा जोड गर्न घान्द्रुक बासीको माग

पोखरा । पाँच दलीय गठबन्धनका साझा उमेदवार रामजी प्रसाद बराल जीवन र प्रकाश बराल समक्ष कास्कीको पर्यटकीय गाँउ घान्द्रुकका स्थानिय बासीले सडक निर्माणमा बिषेश जोड दिन माग गरेका छन्। जनतासंगको भेटघाट कार्यक्रममा आइतबार घान्द्रुक पुगेका उमेदवारहरु समक्ष स्थानियले घान्द्रुकको विकासको पहिलो प्रथामिकता सडक बाटो भएकोले त्यसलाई बिषेश ध्यान दिन आग्रह गरेका हुन्।
घान्द्रुकको घरदैलो कार्यक्रमको क्रममा गुरुङ समुदायको परम्परागत काजदेभ पूजामा समेत सहभागि हुन पुगेका गठबन्धनका उमेदवारहरुलाई स्थानियले आर्शिरबाद प्रदान गरी देश र जनाताको पक्षमा काम गर्न उमेदवारलार्ई आग्रह गरे । गठबन्धनका उमेदवारहरुले चुनाव जित्ने निश्चित भएको दाबी गर्दै उनीहरुले निर्वाचित भए पश्चात पनि जनताको घर दैलोमा निरन्तर रुपमा आउन स्थानियले आग्रह समेत गरे ।
उमेदवारहरुले सोमबार अन्नपूर्ण गाउँपालिकाको घाँन्द्रुक, झिनु, छोम्रुङ्ग लगायतको क्षेत्रमा घरदैलो कार्यक्रम गरिरहदा स्थानियले फुल मालाले स्वागत गर्दै गठबन्धनलाई जिताउने जनाए । स्वास्थ्यको समेत समस्या भएकोले त्यसलाई गठबन्धनका उमेदवारहरुले सम्बोधन गर्नुपर्ने माग गरे ।
उमेदवारहरुले आफुहरु निर्वाचित भएमा निर्वाचनका बेला जनतासंग खाएको कसम पुरा गर्ने बताए । कास्की निर्वाचन क्षेत्र नम्बर ३ प्रतिनिधि सभाका प्रत्यासी गठबन्धनका साझा उमेदवार रामजी प्रसाद बराल जीवन गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री समेत हुन । गठबन्धनका साझा उमेदवार कास्की निर्वाचन क्षेत्र ३(२) का प्रत्यासी प्रदेश सभा सदस्य प्रकाश बराल जिल्ला खेलकुद विकास समिति कास्कीका निवर्तमान कार्यालय प्रमुख हुन्।
कृषि, पर्यटन, जलबिद्युत, उद्योग, भौतिक पूर्वाधार, मानव संशाधन र सुशासन मुल समृद्धिका आधार संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धनका व्यक्तिहरुले उमेदवारी दिएको चुनाव प्रचार समितिले जनाएको छ ।

Read more

पोखरामा मंसिर ५ र ६ गते कांग्रेस गण्डकीको दोस्रो अधिवेशन, देउवाले उद्घाटन गर्ने

१ हजार ६ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदै, अधिवेशनका लागि २५ लाख खर्च अनुमान पोखरा, कात्तिक २७ । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको दोस्रो अधिवेशन आगामी…

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…