2Shares

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिकाको दाङसिङ, मोहोरीया, साक्र्यू लगायतका स्थानिय बासिले यसपाली पाँच दलीय गठबन्धनका नयाँ अनुहारलाई मतदान गर्ने बताएका छन्। पाँच दलीय गठबन्धनका साझा उमेदवार रामजी प्रसाद बराल जीवन र प्रकाश बराल आफ्नो चुनावी अभियान अन्र्तगत जनतासंगको घर दैलो कार्यक्रममा सोमबार उक्त स्थानमा पुगेको समयमा स्थानियले सो कुरा बताएका हुन्।

यस अघिका निर्वाचित जनप्रतिनिधिहरु विकासको नाममा ५ बर्षको अन्तरालमा समेत गाँउ समेत नफर्किएकोले यसपाली भने नयाँ अनुहारलाई एक पटक मत दिने स्थानियले बताएका छन् । स्थानियले यसपाली नयाँ अनुहार गठबन्धनका उमेदवारहरुलाई मतदान गर्ने र सो क्षेत्रको विकास निर्माण र जनताको दुःख सुख्खमा समेत साथ दिन आग्रह गरे ।

कास्की निर्वाचन क्षेत्र नम्बर ३ प्रतिनिधि सभाका प्रत्यासी गठबन्धनका साझा उमेदवार रामजी प्रसाद बराल जीवन र गठबन्धनका साझा उमेदवार कास्की निर्वाचन क्षेत्र ३(२) का प्रत्यासी प्रदेश सभा सदस्य प्रकाश बरालले एक पटक आफुहरुलाई जनताले विश्वास गरेमा सो क्षेत्रको विकास निर्माणमा समन्वय गरी अघि बढ्ने वचन दिए । जनताको पहिलो आवश्यकताको आधारमा छलफल र बहस गरी त्यस्ता योजनालाई उच्च प्रथामिकता दिदै विकास निर्माणसंगै जनताको घर आगनमा निरन्तर आउने दुबै उमेदवारको भनाई थियो ।

उमेदवार जीवन गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री समेत हुन भने प्रकाश जिल्ला खेलकुद विकास समिति कास्कीका निवर्तमान कार्यालय प्रमुख हुन् । केही दिन देखि अन्नपूर्ण गाउँपालिकाको विभिन्न गाँउ तथा टोल टोलमा जनता समक्ष पुग्दा नयाँ अनुहारका उमेदवार प्रति निकै उत्साहित र आशाबादी हुदै स्थानियले आर्शिरबाद दिदै जनताका पक्षमा र सामुहिक हितमा काम गर्न सुझाव दिए ।

कृषि, पर्यटन, जलबिद्युत, उद्योग, भौतिक पूर्वाधार, मानव संशाधन र सुशासन मुल समृद्धिका आधार संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धनका व्यक्तिहरुले उमेदवारी दिएको चुनाव प्रचार समितिले जनाएको छ ।

2Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected