
पोखरा । पोखरा १ कसेरीवासीले एमाले उम्मेदवार गणेशमान गुरुङसमक्ष आफूहरुको बस्ती बचाउन सेति नदीमा तटबन्ध लगाईदिन र आफुहरु बसिरहेको ठाउँको लालपुर्जा मिलाइदिन माग गरेका छन् ।
कास्की क्षेत्र नं. ३ (क) बाट नेकपा एमालेका प्रदेश सभा सदस्य उम्मेदवार गणेशमान गुरुङलाई घरदैलोको क्रममा कसेरीवासीले वर्षेनी सेति नदीको कटानले बस्तीमा जोखिम बढेकाले बस्ती बचाईदिन माग गरेका हुन् । साथै आफुहरु बसेको लामो समयसम्म पनि लालपुर्जा नपाएको गुनासो गर्दै लालपुर्जाको माग समेत राखेका छन् ।
जवाफमा उम्मेदवार गुरुङले कसेरीवासीको समस्या आफूले नजिकबाट नियालिरहेको बताउँदै समस्या समाधान गर्ने प्रतिवद्धता जनाए । तर, समस्या समाधान गर्न आफु पनि सम्वन्धित ठाउँमा पुग्नुपर्ने भएकाले सुर्य चिन्हमा मतदान गरी विजयी गराउन कसेरीवासी समक्ष अनुरोध गरे ।
जनताको सुख, दुःखमा सधैं आफ्नो साथ रहने भन्दै उम्मदवार गुरुङले सो क्षेत्रका स्थानीयका आवश्यकता पुरा गर्ने उल्लेख गरे ।
घरदैलो कार्यक्रम अन्तर्गत कास्की ३ क को उम्मेदवार सहित एमालेको टोली विहिवार पोखरा १ का सबै बस्ती पुगेर सुर्य चिन्हमा मत माग्नुका साथै स्थानीयका समस्याहरुको पनि खोजि गरेको थियो ।







सम्बन्धित खवर
















