2Shares

पोखरा । कास्की क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य उम्मेद्बार किशोरदत्त बरालले देश र जनताको समृद्वि आफ्नो लक्ष्य भएको बताउनु भएको छ । पोखरा ३२ मा मङ्गलबार घरदैलो र मतदाता भेटघाटका क्रममा उहाँले त्यस्तो बताउनु भएको हो ।

उहाँले आमनेपालीको आवश्यकतालाई संसदमा उठाउने भन्दै आफ्नो आवाजले सबैलाई न्याय गर्ने बताउनुभयो । स्थानीय जनताको आवश्यकता अनुसार स्थानीयलाई खुशी बनाउने गरी काम गर्ने उहाँले उल्लेख गर्नुभयो ।

जहाँ जे आवश्यकता छ प्राथमिकताका आधारमा त्यहि गर्छु, उहाँले भन्नुभयो – यसले आवश्यकतालाई सम्बोधन गर्ने छ र स्थानीय खुशी हुनु हुनेछ । समय अभावका कारण सबै मतदाताको घरघरमा पुग्न नसकेको क्षमा माग्दै मतदाताको घरमा नपुगे पनि मतदाताको भावना, चाहाना र आवश्यकतालाई नजिकबाट बुझेको उहाँले बताउनुभयो ।

कास्की काँग्रेसका सभापति एवं पाँच दलीय गठबन्धनका साझा उम्मेद्बार बरालले ओलीको व्यत्तिगत स्वार्थ र अहंकारबाट देशलाई जोगाउन र संविधानको रक्षा गर्न गठबन्धन गर्नु परेको प्रष्ट पार्नुभयो ।

नेता बरालले राजनीतिलाई नयाँ ढंगबाट सोच्नुपर्ने भन्दै राजनीतिलाई प्रेम र सद्भावसँग जोड्नुपर्ने आवश्यकता औल्याउनुभयो । विद्यालय र विश्वविद्यालयको शिक्षामा आमूल परिवर्तन गरी सीपमूलक र उद्यमशीलतासँग जोड्नुपर्ने उहाँले बताउनुभयो ।

उम्मेद्बार बराल बुधबार पोखरा २६ मा घरदैलो र मतदाता भेटघाट गर्नु हुनेछ ।

2Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected