२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
खबर

गोरखामा पृथ्वीनारायण शाहकालिन पर्यडको तयारी

गोरखा । गोरखा जिल्लाको गोरखा बजारमा आयोजित एक हप्ते एड्भान्स कुकिङ तालिमका सहभागीलाई हालै प्रमाणपत्र वितरण गरिएको छ । होटल संघ नेपाल गण्डकीका अध्यक्ष हरिप्रसाद शर्मा गैह्रे, होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदी लगायतका अतिथिले तालिमका ४० सहभागीलाई प्रमाणपत्र वितरण गरेका थिए ।

होटल संघ नेपालको आयोजना तथा संघको गण्डकी र गोरखा शाखाको समन्वयमा संचालित तालिमलाई युएनडीपी अन्तर्गतको सस्टेन्एबल टुरिजम फर लाइभ्लीहुड रिकभरी प्रोजेक्टले सघाएको थियो । तालिमको समापन गर्दै गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर राना मगरले ऐतिहासिक गोरखा जिल्लाले पर्यटनको राम्रो संभावना बोकेको सन्दर्भमा आयोजित तालिमले सकारात्मक सन्देश प्रवाह गरेको बताए । गोरखा जिल्लामा थप होटल र पर्यटकीय पूर्वाधारको विकास गर्न बाँकी नै रहेको भन्दै उनले जिल्लामा पर्यटकको बसाई लम्ब्याउन नगरपालिकाले विविध योजनाहरु क्रमशः अगाडि बढाउँदै लैजाने जानकारी दिए ।

यसै अन्तर्गत आगामी पुस २७ गतेबाट जिल्लामा पृथ्वीनारायण शाहकालिन फौजको झल्कोदिने गरी पर्यड आरम्भ गरिने जानकारी पनि उनले दिए । यस्तो पर्यड साँझ अघि हरेक दिन संचालन हुने र यसले पर्यटकलाई भुलाउने वातावरण तयार हुने उनले सुनाए । यसका अतिरिक्त छेपेटारमा कृत्रिम ताल निर्माण गरी नौका सयर, माछा मार्ने, वरपर होटल तथा रेष्टुराँहरुको संचालन, तालमा जम्मा हुने वालुवाको उत्खनन् गरी यसको सदुपयोग गर्दै अघि बढ्ने योजना नगरपालिकाको रहेको उनले बताए । ‘आर्थिक र पर्यटनका हिसावले गोरखा जिल्लालाई हामी अगाडि बढाउन चाहन्छौं,’ उनले भने– गोरखा जिल्लाको मुख्य संभावना नै पर्यटन रहेको छ ।
होटल संघ नेपाल गण्डकीका अध्यक्ष हरिप्रसाद शर्मा गैह्रेले पर्यटनलाई अगाडि बढाउन सीप, दक्षता र सकारात्मक सोचको आबश्यकता पर्ने भन्दै यसका लागि तालिमले सघाउ पुगेको बताए । छोटो तयारीमा पनि होटल संघ गोरखाले तालिम संचालन गरेको बताउँदै उनले आगामि दिनमा यसप्रकारका तालिम गण्डकीका ११ वटै जिल्लामा संचालन गर्ने योजना रहेको जानकारी दिए । तालिम सम्पन्न गरेका सहभागीलाई आबश्यक परे रोजगारी प्रदान गर्न संघले पहल गर्ने विश्वास पनि उनले दिलाए ।
होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले सिकाई भन्ने विषय सधैं अपुरो नै रहने बताउँदै जिल्लामा सम्पन्न तालिम सिकाईको सुरुवात भएको बताए । तालिमले रोजगारीमा समेत टेवा दिई विदेश जान खोज्ने जनशक्तिलाई स्वदेशमा नै रोक्न सहयोग पुग्ने विचार पनि उनले राखे । पोखराको पर्यटनका लागि १५ हजार जनशक्ति आबश्यक पर्नेमा १० हजार श्रमशक्ति कोभिड लगायत विविध कारणले पलायन हुँदा समस्या परेको तथ्यांक पनि उनले दिए ।
होटल संघ नेपाल गोरखाका अध्यक्ष एवं गण्डकीका सचिव मानप्रसाद धितालले रैथाने खानालाई पनि मिठो गरी पकाउन र आन्तरिक पर्यटनलाई जिल्लामा आकर्षित गर्न तालिमले सघाउ पुग्ने विश्वास व्यक्त गरे । तालिमका सहभागी, अतिथि एवं प्रमुख अतिथिलाई उनले धन्यवाद ज्ञापन गरे । होटल संघ नेपाल गण्डकीका सदस्य एवं तनहुँका अध्यक्ष जीवन साहीले पनि कार्यक्रममा आफ्नो भनाई राखेका थिए ।
तालिमको प्रमुख प्रशिक्षकमा श्याम तामाङ र अर्का प्रशिक्षक एवं आलिदेखि थालीसम्म अभियानका अभियन्ता लक्ष्मण भण्डारी रहेका थिए । सहभागीहरुका तर्फबाट राजु गुरुङ र शर्मिला गुरुङले आफ्ना अनुभव सुनाएका थिए । तालिमकी सहभागी शर्मिला वाग्ले आचार्यले कार्यक्रम संचालन गरेकि थिइन् ।

Read more

पोखरामा मंसिर ५ र ६ गते कांग्रेस गण्डकीको दोस्रो अधिवेशन, देउवाले उद्घाटन गर्ने

१ हजार ६ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदै, अधिवेशनका लागि २५ लाख खर्च अनुमान पोखरा, कात्तिक २७ । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको दोस्रो अधिवेशन आगामी…

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…