२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
खबर

सार्वजनिक निजी साझेदारीले मात्र समृद्धि सम्भव हुने : मेयर आचार्य

पोखरा भ्यूज

पोखरा,२१ मंसिर । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सार्वजनिक निजी साझेदारी कार्यक्रमको असफलताबारे अध्ययन हुनुपर्ने बताएका छन् । सार्वजनिक निजी साझेदारीले मात्र समृद्धि सम्भव हुने बताउँदै उनले महानगरले त्यो अभियानलाई निरन्तरता दिने उद्घोष गरे ।
पोखरा उद्योग वाणिज्य संघको आयोजनमा पोखराको नयाँबजारमा जारी समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेलाअन्तर्गत बुधबार आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले स्टार्ट अप बिजनेसको लागि महानगरले विशेष कार्यक्रम अगाडि सारेको जानकारी पनि दिए । विभिन्न २४ वटा नवप्रवर्तनका कार्यक्रमलाई ५० हजारका दरले पुरस्कृत गरेको महानगरले परियोजना हेरेर २ लाख ५० हजारसम्मको कर्जा प्रवाह गर्ने योजना अगाडि बढेको उनले सुनाए । मेयर आचार्यले पोखराको निजी क्षेत्रलाई साथ लिएर नै समृद्धिको यात्रा तय गर्ने प्रतिवद्धता पनि जनाए । उनले सहरी गरीब र बेरोजगारको संख्या निक्र्यौल गरेसँगै उनीहरुको लागि आवश्यक पर्ने तालिम र पूँजीको व्यवस्थापन गरिने जनाउँदै आउँदो ३ महिनाभित्र देखिने गरी रोजगारी प्रदान गर्ने जिकिर गरे ।
आउँदा दिनमा अनावश्यक कार्यक्रममा सहभागी नहुने तथा पारदर्शीता र सुशासनको लागि क्रियाशिल रहने बताउँदै उनले भने,‘चुनावअघि सार्वजनिक गरिएको घोषणापत्रलाई मैले बिर्सेबको छैन,पहिलो वर्ष भएकाले काम गर्न ढिला भने भएको हो ।’
सोही कार्यक्रममा बोल्दै उनले पोखराको फोहर व्यवस्थापनमा स्थानीयहरुले नसघाएको गुनासो पनि गरे ।
आउँदो केही दिनमै पोखराको फोहर ल्याण्डफिल साइटमा नफालिने उद्घोष गरेका उनले स्थानीयबाट अवरोध हुनसक्ने भन्दै उनले ठाउँबारे भने केही बताएनन् । उनले भने,‘ मसँग अब दिन हैन, घण्टा बाँकी छ,केही घण्टाबीचमै हामी फोहर फाल्ने ठाउँ टुंग्गाउँछौँ ।’ पोखरा १४ मा रहेको ल्याण्डफिल साइटमा फोहर विसर्जन नगर्ने प्रतिवद्धतासहित त्यहाँको फोहर पुर्न थालेको महानगर यतिबेला पोखराको वडा नम्बर २२ मा प्रशोधन केन्द्र स्थापना गर्ने तयारीमा छ । तर, स्थानीयवासीबाट भने त्यसको विरोध भएको छ ।
‘फोहर व्यवस्थापनमा यहाँका नागरिकहरुले सघाउनुपर्ने हो, हामी फोहरको बर्गीकरणसहित त्यसको पुनःप्रयोग गर्ने प्रशोधन केन्द्र बनाउने तयारीमा छौँ’,उनले भने,‘त्यस्तो प्रशोधन केन्द्रले वातावरण बिगार्दैन ।’
मेयरलाई पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले स्वागत गरेका थिए । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा नयाँबजारमा जारी राष्ट्रिय औद्योगिक मेलाको स्टल अवलोकनपछि मेयर आचार्यले स्थानीय उत्पादन प्रवद्र्धनको लागि गरिएका प्रयासहरुको प्रशंसा गरे । मेला मंसिर २५ गतेसम्म जारी रहनेछ । संघका अध्यक्ष प्रजापतिले मेला अवलोनकको लागि आम नागरिकलाई आह्वान गरे ।

Read more

पोखरामा मंसिर ५ र ६ गते कांग्रेस गण्डकीको दोस्रो अधिवेशन, देउवाले उद्घाटन गर्ने

१ हजार ६ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदै, अधिवेशनका लागि २५ लाख खर्च अनुमान पोखरा, कात्तिक २७ । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको दोस्रो अधिवेशन आगामी…

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…