
पोखरा, १५ माघ । गत माघ १० गते स्याङ्जाको आँधिखोला गाउँपालिका वठा नं. ४ बाङ्सिङ दहमा रिपोर्टिङका लागि पुगेका पत्रकार प्रल्हाद चन्द्र घिमिरेमाथि दुर्व्यवहार गर्नेहरुले माफी मागेका छन् ।
पत्रकार महासंघको समन्वयमा जिल्ला प्रहरी कार्यालय स्याङ्जामा पीडित र पीडिक पक्षबीच भएको छलफलमा दु्र्व्यवहार गर्नेहरुले पीडित पत्रकार घिमिरेसँग माफी मागेका हुन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जामा दुवै पक्षबीच भएको छलफलमा पीडिकहरुले माफी मागेपछि दुवै पक्षबीच मिलापत्र गरिएको छ ।

छलफलमा आँधिखोला गाउँपालिकाका उपाध्यक्ष सिता थापा, वडा अध्यक्ष सिंह बहादुर क्षेत्री, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष बिमला भण्डारी, उपाध्यक्ष रामप्रसाद तिमिल्सिना, नेपाल पत्रकार महासंघ स्याङ्जाका पुर्व अध्यक्ष ओम शर्मा, महासंघ स्याङ्जाका उपाध्यक्ष भवानी अधिकारी, नेपाल प्रेस युनियन गण्डकी प्रदेशका अध्यक्ष टंकराज अधिकारी, महासचिव प्रकाश ढकाल, फेवा टेलिभिजनका प्रवन्ध निर्देशक लिला बहादुर जिसीको सहभागिता थियो ।
पत्रकार घिमिरेमाथि दुर्व्यवहार गर्ने स्थानीय टोल विकास समितिका अध्यक्ष ठाकुर प्रसाद पौडेल, रेशम पौडेल, पिताम्बर पौडेल, बाबुराम पौडेलले आफुहरुले पत्रकार भन्ने थाहा हुँदा हुँदै आवेशमा आएर गल्ति गरेको स्वीकार गर्दै आगामी दिनमा यस्ता कार्य नगर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
उनीहरुले आगामी दिनमा सामाजिक काम र सार्वजनिक विषयमा पत्रकारहरुको सहयोग लिएर काम गर्ने समेत बताएका छन् । फेवा टेलिभिजनका समाचार प्रमुख रहेका घिमिरे समाचारपाटी डटकमसँग समेत आवद्ध छन् ।







सम्बन्धित खवर
















