लायन्सका गण्डकी धवलागिरी क्षेत्रका क्लब पदाधिकारीहरूको लागि प्रशिक्षण

पोखरा, २३ वैशाख । लायन्स क्लब्स् इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आई नेपाल अन्तर्गत गण्डकी धवलागिरी क्षेत्रका क्लब पदाधिकारीहरूको लागि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
लायन्स डिष्ट्रिक ३२५ आई नेपालको आयोजनामा लायन बर्ष २०२३/२४ का लागि गण्डकी धवलागिरी क्षेत्रका क्लबका पदाधिकारीलाई शनिवार पोखरामा प्रशिक्षण दिईएको हो ।

जुलाई १ बाट कार्यकाल सुरू हुने क्लव पदाधिकारीहरूको पदिय जिम्मेवारी तालिम अन्तर्गत बर्ष २०२३/२४ का लागि क्लवका अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिव र कोषाध्यक्षलाई प्रशिक्षण गराईएको डिष्ट्रिक ३२५ आई नेपालका इलेक्ट डिष्ट्रिक्ट गर्भनर चन्द्रकुमार केसीले जानकारी दिनुभयो । उहाँका अनुसार क्लव कसरी सञ्चालन गर्ने, भाबी आफ्ना कार्यक्रम र सामाजिक उत्तर दायित्व बहन गर्नका लागि क्लबले खेल्नु पर्ने भूमिकाका बारेमा प्रशिक्षण गराइएको थियो ।
क्लब अध्यक्षहरूलाई एलसिआईएफ एरिया लिडर राजन लम्साल, प्रथम उपाध्यक्षको लागि वर्तमान डिष्ट्रिक्ट गभर्नर रामबहादुर बसेल र प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर ईलेक्ट बिनोद ढुङगानाले प्रशिक्षण दिनु भएको थियो ।
त्यस्तै, सचिवको लागि आईपिएमसीसी मनबहादुर रोका र द्वित्तिय भाईस डिष्ट्रिक्ट गभर्नर ईलेक्ट पार्वती खरेल पाण्डेले प्रशिक्षण दिनु भएको कार्यक्रममा क्याविनेट सेक्रेटरी ईलेक़्ट महेश पाण्डेले मध्यस्थता गर्नु भएको थियो । साथै, कोषाध्यक्षको लागि पिडिजी इन्दु लम्सालले प्रशिक्षण दिनु भएको थियो भने क्याविनेट ट्रेजरर इलेक़्ट सन्तोष रावलले मध्यस्थता गर्नु भएको थियो ।
डिष्ट्रिक्ट गभर्नर ईलेक्ट चन्द्रकुमार केसीले डिष्ट्रिक्ट गभर्नर र अन्तरराष्ट्रिय प्रेसिडेन्टका भाबी कार्यक्रम र रणनितीका बारेमा जानकारी दिदै लायन वर्ष २०२३/२४ का क्लब पदाधिकारीहरूलाई पदीय जिम्मेवारी लगायत लायन्सको विबिध बिषयमा केन्द्रित भएर प्रशिक्षण गराउनु भएको थियो ।
गभर्नर केसीले कार्यकालको स्लोगन (इन्सपाएर टु लिड) ‘नेतृत्व गर्न प्रेरित गरौं’ स्लोगनको मर्म र भावना अनुसार सम्पुर्ण लायनहरुले आफुलाई समाज सेवाका लागि बिशिष्ठ खालका सामाजीक कार्यहरुमा लगाउन लायन्स लिडरहरूलाई आग्रह समेत गर्नु भयो ।
बिशेष गरी मानविय सेवा क्षेत्रको नेतृत्व गर्नका लागि नेतृत्व उत्पादनमा प्रेरित गर्न र लक्ष्यहरू प्राप्त गर्न उनीहरूलाई पूर्ण क्षमतावान बनाउन मद्दत गर्नको लागि मनोनित पदाधिकारीहरुसँग सहयोगको प्रतिबद्धता माग़ गर्नुभएको थियो ।
गभर्नर केसीले भन्नुभयो, ‘ नेतृत्वका लागि आफु तयार हौं र अरूलाई पनि प्रेरित गरौं, नेतृत्वमा हुनुपर्ने गुण बहुआयमिक हुन्छ र एउटा लायन्समा नेतृत्वदायी गुण बिकास गर्न यसका धेरै क्षेत्रहरूको ज्ञान हुन आवश्यक छ।’ केसीले नेतृत्वको बारेमा थप प्रकाश पार्दै भन्नु भयो, ‘ एक असल नेतृत्वदायी गुण बोकेको लायन्स सदस्यबाट हरेक काम सम्भव छ । नेतृत्वको कुशल क्षमता बोक्ने लायन्सले मात्र क्लबहरू थप गर्ने, सदस्यताबृद्वि गर्ने, क्लबका बैठक कार्यक्रमहरू ब्यवस्थित गर्ने, सेवाका क्षेत्रमा उत्कृष्टता दिन सक्ने लगाएतका बिचार व्यक्त गर्नुभयो ।
गभर्नर केसीले एक बर्ष अघि मात्रै नयाँ डिष्ट्रिक्ट बनेको स्मरण गराउदै डिष्ट्रिक्टको मुख्य प्राथमिकता डिष्ट्रिक्टको जग बलियो बनाउन केन्द्रित भएको बताउदै क्लब सदस्यहरूलाई आजिवन सदस्य बनाई पर्मानेन्ट क्लब बनाउनलागि पर्न जोड़ पनि दिनु भयो।
साथसाथै लिड़रशिप, फेलोसिप र सामाजिक सेवाका कार्यसँगै स्वास्थ्य शिविर, सरसफाइ, रक्तदान, बृक्षारोपण, स्कुल एडप्ट कार्यक्रम, विभिन्न तालिम, खेलकुद, खानेपानी तथा सरसफाइ लगायतका कार्य पनि उच्च प्राथमिकतामा रहेको बताउनु भयो ।
गण्डकी धवलागिरीका क्षेत्रका ६० क्लवका २ सय ४० जना क्लब पदाधिकारीले भाग लिएको प्रशिक्षण कार्यक्रममा एलसिआईएफ एरिया लिडर राजन लम्सालले ‘आवर डिष्ट्रिक्ट, आवर प्राईड’ र गेस्ट स्पिकर रविन कटवालले ‘इन्सपाएर टु लिड’ बिषयकको आ–आफ्ना प्रस्तुति दिनु भएको थियो ।
कार्यक्रममा सहभागी मध्येबाट लायन्स क्लब अफ पोखरा आदर्शका इलेक़्ट अध्यक्ष बिष्णुप्रसाद गौतम र लायन्स क्लब अफ लमजुंग टुगेदर वि क्यानका इलेक्ट अध्यक्ष शोभा ठकुरीले प्रशिक्षणको फ़िडब्याकको अनुभूति व्यक्त गर्नुभएको थियो ।
डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर रामबहादुर बसेलको अध्यक्षता एलसिआईएफ एरिया लिडर राजन लम्सालको प्रमुख आतिथ्यतामा सम्पन्न प्रशिक्षण कार्यक्रममा प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर इलेक्ट बिनोद ढुङगाना, आईपिएमसीसी मनबहादुर रोका, पिड़िजी इन्दु लम्साल, द्वित्तिय भाईस डिष्ट्रिक्ट गभर्नर इलेक्ट पार्वती खरेल पाण्डे, क्याविनेट सेक्रेटरी इलेक्ट महेश पाण्डे लगाएतले इलेक्ट पिभिएसटीलाई कार्यकालको सफलताको शुभकामना दिँदै लायन बर्ष २०२३/२४ का डिष्ट्रिक्ट गर्भनरले ल्याउनु भएका कार्यक्रमलाई सफल बनाउन सबैएक भएर लाग्नुपर्ने भनाई राख्नु भएको थियो ।























