
पोखरा भ्यूज
२३ साउन, पोखरा । बागलुङ बडीगाड गाउँपालिका वडा नं. ४ घर भएका भक्तबहादुर राना सेती नदीमा खसेर बेपत्ता भएका छन् ।
प्रहरीका अनुसार पोखरा महानगरपालिका वडा नं. २९ पटनेरीमा रहेको सेतिपुलबाट सेतीमा खसेर बेपत्ता भएका हुन् ।
उनी पोखरा ३३ बागमारामा बस्दै आएका थिए । साइलमा चढेर पटनेरी आउँदै गर्दा उक्त दुर्घटना भएको कास्की प्रहरीले पुष्टि गरेको छ । बेपत्ता रानाको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ ।
विहानैदेखि पोखरामा झरी परिरहेकाले खोजी कार्य प्रभावित भएको छ ।











