२०८३ कार्तिक २९, आइतबार Sunday, November 15, 2026
खबर

कांग्रेस पोखरा ७ मा वडा सम्मेलन तथा कार्यकर्ता भेला

पोखरा भ्यूज
पोखरा । नेपाली काँग्रेस पोखरा महानगरपालिका वडा नं. ७ ले वडा सम्मेलन तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । शनिवार पोखरा ७ मा रहेका नेपाली काग्रेसका महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, प्रदेश अधिवेशन प्रतिनिधि, क्षेत्रिय प्रतिनिधि, क्रियाशिल सदस्य, भातृ तथा शुभेच्छुक संस्थाका सदस्यहरुको सहभागितामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि नेपाली कांग्रेस कास्कीका कोषाध्यक्ष माइकल कर्मचार्यले पार्टीलाई स्थानिय तहको वडाबाट नै एकढिक्का गराएर लैजानु पर्नेमा जोड दिनुभयो । पोखरा महानगरपालिकाका अधिकाशं वडाहरु नेपाली कांग्रेसकै नेतृत्वमा रहेको अवस्थामा वडा वडाहरुमा अहिले विकास निमार्ण र जनताको काम सहज ढंगले हुदै आएको बताउनु भयो । नेपाली कांग्रेस जनताको मन जितेर अगाडी बढ्ने पार्टी भएको भन्दै वडामा भइगरेका विकास निमार्ण र गतिविधिमा कांग्रेसका नेता तथा कार्यकर्ताहरुले निग्रानी सहित जनताको चहाना अनुसार काम गराउन सक्नु पर्ने बताउनु भयो ।
महासमिति सदस्य एवम् महिला नेतृ रगिंला आचार्यले नयाँ पुस्ताका युवालाई नेपाली कांग्रेसमा जोड्न युवा रोजगारी र सिप मुलक प्रशिक्षणमा ध्यान दिनुपर्ने बताउनु भयो ।
नेपाली काग्रेस वडा नं. ७ का उपसभापति एवम् पोखरा ७ का वडा अध्यक्ष राम मोहन आचार्यले काग्रेसको नेतृत्व वडामा आइसकेपछि समग्र वडाको विकास र वडावासीको आवश्यक्ता अनुसारको योजनाले प्राथमिकता पाएको बताउनु भयो ।

कार्यक्रममा बोल्ने वक्त्ताहरुले कांगेसले विपि को सिद्धान्तलाई नयाँ पुस्ता माझ पुर्याउन पर्ने, पार्टी प्रशिक्षण कार्यक्रमलाई व्यवाहारिक र आवश्यकताका आधार तय गरेर लैजानु पर्ने, स्थानिय तहमा काग्रेस नेतृत्वले अगाडी वढाएका विकास निर्माण र योजनाहरुलाई जनतामाझ बुझाउन सक्नु पर्ने लगाएतका सुझाव जिल्ला प्रतिनिधि समक्ष राखेका थिए ।
अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै नेपाली काग्रेस पोखरा ७ का सभापति नविन राज बरालले वडा भित्र काग्रेसका गतिविधि वढाउनका लागि सम्पुण क्रियाशिल सदस्य एवम भातृ संगठनहरु सक्रिय हुन पर्ने बताउनुभयो । जिल्ला प्रतिनिधि प्रति संकेत गर्दै उहाँले पार्टीको मथिल्लो तहलाई गाली गरेर मात्र संगठन नसुध्रिने बताउदै आ आफनो ठाउँबाट सबै सुध्रिएर विना गुटको पार्टी बनाउन जिल्लाबाटै थालिने गर्नु पर्ने बताउनु भयो ।
नेपाल काग्रेस पोखरा ७ मासबार इकाइका सभापति नरेश प्रसाद बरालले स्वागत गरेको कार्यक्रमको संचालन कांग्रेस पोखरा ७ का सचिब दामोदर बरालले संचालन गर्नु भएको थियो ।

Read more

देउवा नेतृत्व कांग्रेसको १५औँ महाधिवेशनका लागि कास्कीबाट पुराना नेता र युवासहित प्रतिनिधि चयन

पोखरा । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनका लागि कास्कीका तीनवटै निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि चयन भएका छन् । पार्टीको १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा नेतृत्वको समूहबाट नियमित…

समाज कल्याण समितिको अध्यक्षमा पुनः राजेन्द्रबहादुर कार्की निर्विरोध निर्वाचित

पोखरा । ‘सामाजिक उत्तरदायित्व हाम्रो जिम्मेवारी’ भन्ने मूलमन्त्रका साथ स्थापित समाज कल्याण समिति कास्कीको अध्यक्षमा राजेन्द्रबहादुर कार्की पुनः निर्विरोध निर्वाचित भएका छन् । शनिबार पोखरा-१०, काजीपोखरीस्थित सभा हलमा…

रत्न मन्दिर र हिमागृह लिजमा नदिन जिससको आग्रह

पोखरा । पोखराका ऐतिहासिक सम्पदा रत्न मन्दिर तथा हिमागृहसहित बाराहीघाटको जग्गा ३० वर्षका लागि लिजमा दिने तयारीप्रति जिल्ला समन्वय समिति कास्कीले आपत्ति जनाएको छ। समितिले फेवातालको मापदण्डभित्र पर्ने…

पोखरामा मंसिर ५ र ६ गते कांग्रेस गण्डकीको दोस्रो अधिवेशन, देउवाले उद्घाटन गर्ने

१ हजार ६ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदै, अधिवेशनका लागि २५ लाख खर्च अनुमान पोखरा, कात्तिक २७ । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको दोस्रो अधिवेशन आगामी…

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…