२०८३ कार्तिक २९, आइतबार Sunday, November 15, 2026
खबर

लायन्स आदर्श चौतारीद्वारा सामुदायिक बिधालयमा शैक्षिक सामग्री वितरण

पोखरा भ्यूज

पोखरा । लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपाल अन्तर्गतको लायन्स क्लब अफ पोखरा आदर्श चौतारीले शनिबार दुई वटा सामुदायिक विधालयलाई सहयोग प्रदान गरेको छ ।
विधालय सहयोग कार्यक्रम अन्तर्गत क्लबले पोखरा-१९ को हिमालय आधारभूत विधालय र माच्छापुच्छ्रे मावि सार्दिखोलालाई सहयोग गरेको क्लबका अध्यक्ष दामोदर आचार्यले जानकारी दिए । ।
हिमालय आधारभुत विधालयका लागि प्रिंटिंग मेसिन र माच्छापुच्छ्रे मा बि लाई बिज्ञान प्रयोगशालाका सामानहरु प्रदान गरेको हो ।
कार्यक्रममा डिष्ट्रिक्ट ३२५ आई नेपालका जिएलटि डिष्ट्रिक्ट कोअडिनेटर अमृत शोभा खत्रीले उक्त सामाग्री हस्तान्तरण गर्दै क्लबले गरेको सहयोगले बिद्यार्थीहरुलाई सैद्धान्तिक ज्ञान सगै प्राबिधिक ज्ञान अति उपयोगी हुने बताइन ।
क्लबका अध्यक्ष दामोदर आचार्यको अध्यक्षता सम्पन्न कार्यक्रममा संस्थापक अध्यक्ष तथा डिष्ट्रिक्टका जिएसटी बासुदेब कोइराला, एडिसनल एडभाइजर मोहन राज पौडेल, भिजन आइ कोडिनेटर भरतराज सिग्देल, माछापुच्छ्रे गाउपालिका वडा न. २ का वडाध्यक्ष गणेश आचार्य, विधालयका प्र.अ. सन्तोष आचार्य, हिमालय आधारभुत विधालय व्यवस्थापन समितिका अध्यक्ष पुष्पराज गौतम, क्लबका निबर्तमान अध्यक्ष तथा जोन १५ का जोन चिर्यरपर्सन रुक बहादुर गुरुङ, रिजनचियर पर्सन शोभा बानिया लगायतले आ-आफ्ना भनाई राखेका थिए ।

स्थानीय विन्धबासिनी युवा क्लबले व्यवस्थापन गरेको कार्यक्रममा दुबै विधालयका लागि करिब एक लाख रुपैया बराबरको सामाग्री हस्तान्तरण गरेको थियो । क्लबका सचिब दिपक प्रसाद घिमिरेको संचालनमा रहेको कार्यक्रममा संयोजक सबिन गौतमले क्लबका गतिविधि बारेमा आफ्नो धारणा राखेका थिए ।

Read more

गण्डकी कांग्रेसको नेतृत्वमा मेखलाल श्रेष्ठको दाबेदारी, महामन्त्रीमा गंगाधर पराजुलीको चर्चा

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नियमित महाधिवेशन पक्षधरले गण्डकी प्रदेशको दोस्रो अधिवेशन आगामी मंसिर ५ र ६ गते पोखरामा गर्ने तय गरेसँगै प्रदेश नेतृत्वका लागि राजनीतिक सरगर्मी…

देउवा नेतृत्व कांग्रेसको १५औँ महाधिवेशनका लागि कास्कीबाट पुराना नेता र युवासहित प्रतिनिधि चयन

पोखरा । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनका लागि कास्कीका तीनवटै निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि चयन भएका छन् । पार्टीको १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा नेतृत्वको समूहबाट नियमित…

समाज कल्याण समितिको अध्यक्षमा पुनः राजेन्द्रबहादुर कार्की निर्विरोध निर्वाचित

पोखरा । ‘सामाजिक उत्तरदायित्व हाम्रो जिम्मेवारी’ भन्ने मूलमन्त्रका साथ स्थापित समाज कल्याण समिति कास्कीको अध्यक्षमा राजेन्द्रबहादुर कार्की पुनः निर्विरोध निर्वाचित भएका छन् । शनिबार पोखरा-१०, काजीपोखरीस्थित सभा हलमा…

रत्न मन्दिर र हिमागृह लिजमा नदिन जिससको आग्रह

पोखरा । पोखराका ऐतिहासिक सम्पदा रत्न मन्दिर तथा हिमागृहसहित बाराहीघाटको जग्गा ३० वर्षका लागि लिजमा दिने तयारीप्रति जिल्ला समन्वय समिति कास्कीले आपत्ति जनाएको छ। समितिले फेवातालको मापदण्डभित्र पर्ने…

पोखरामा मंसिर ५ र ६ गते कांग्रेस गण्डकीको दोस्रो अधिवेशन, देउवाले उद्घाटन गर्ने

१ हजार ६ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदै, अधिवेशनका लागि २५ लाख खर्च अनुमान पोखरा, कात्तिक २७ । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको दोस्रो अधिवेशन आगामी…

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…