
पोखरा भ्यूज
२७ भदौ, सुनसरी । आफ्नै अनुयायीमाथि जबरजस्ती करणीको अभियोग लागेका सिद्धबाबा भनिने धर्मगुरुरु कृष्णबहादुर गिरीले सफाई पाएका छन् । जिल्ला अदालत सुनसरीका जिल्ला न्यायाधीश हरिप्रसाद कोइरालाको इजलाशले वुधबार भएको पेशीमा अभियोग दावी नपुग्ने भन्दै सफाई दिने फैसला सुनाएको हो ।
उनले यसअघि पनि जिल्ला अदालतबाट सफाई पाएकामा उच्च अदालत विराटनगरमा वादी पक्षबाट पुनरावेदन परेको थियो । तर फैसलाको अंग नपुगेको भन्दै पुनः इन्साफ गर्न भन्दै उच्चले उक्त मुद्दा जिल्ला अदालतमा नै फर्काएको थियो ।
शुरु जिल्ला अदालतमा फर्किएको उक्त मुद्दामा आरोपीलाई सफाई दिने गरी बुधबार मुद्दाको किनारा लागेको हो । सरकार पक्षको दाबी नपुग्ने भएका कारण प्रतिवादीलाई सफाइ दिने फैसला भएको सुनसरी जिल्ला अदालत स्रोतले जानकारी दिएको छ ।











