1Shares

पोखरा भ्यूज
पोखरा/कार्तिक, २५ । मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनमा पोखरामा आयोजना हुने ‘प्रथम केपी ओली कप राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगिता’का लागि उपसमितिको गठन गरिएको छ ।

यहि मंसिर ७ गते देखि १६ गते सम्म पोखरा रंगशालामा आयोजना हुने प्रतियोगिता कास्की जिल्ला मदन भण्डारी स्पोर्टस एकेडेमीको ब्यवस्थापनमा हुने भएको हो । एकेडेमीका केन्द्रिय अध्यक्ष ध्रव आचार्यको प्रमुख आतिथ्यतामा तथा कास्की एकेडेमीका अध्यक्ष रामजी प्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न भेलाले १३ सदस्यिय विभिन्न उपसमिति गठन गरेको एकेडेमीले जनाएको छ ।

सो अनुसार तिलक बहादुर अधिकारीको संयोजकत्वमा गठित आर्थिक उपसमितिमा कृष्ण तिमिल्सिना सह-संयोजक र सदस्यहरुमा किरण भुजेल, सूर्य मोहन आचार्य, रामजी प्रसाद अधिकारी र दिपक आचार्य रहेका छन् । स्वयं सेवक तथा यूवा परिचालनको संयोजकमा भिम पराजुली सह-संयोजकमा केशव बहादुर थापा र सदस्यहरुमा सोभित परियार, महेश अर्याल र भविराज गुरुङलाई जिम्मेवारी दिइएको छ ।

त्यसै गरि आवश तथा यातायत व्यवस्थापन उपसमितिको संयोजकमा कृष्ण तिमिल्सिना, प्रविधिक व्यवस्थापनको संयोजकमा शक्ति गौचन, मञ्च व्यवस्थापनको संयोजकमा धिरज श्रेष्ठ, सदस्यहरुमा मुन्नी खातुन र सुन्दर श्रेष्ठ, प्रचार प्रसार संयोजकमा केशव पाठक र सहसंयोजमा कञ्चन थापा, शान्ती शुरक्षाको संयोजकमा मिम पराजुली, सांस्कृतिक उपसमितिको संयोजकमा नारायण पाण्डे रहेका थिए ।

यस्तै अनुगमन तथा अनुशासन व्यवस्थापन उपसमितिको संयोजकमा मोहन रेग्मी, संघसंस्था समन्वयमा गिरमान गुरुङ, केशव बहादुर थापा र सूर्य मोहन आचार्य, अतिथी सत्कारको संयोजकमा मनिषा गुभाजु र सह संयोजकमा कञ्चन थापा, प्रथामिक उपचार संयोजकमा रमेश राज भण्डारी, मैदान व्यवस्थापन उपसमितिमा कृष्ण तिमिल्सिना, विजय भुजेल, ऋषीकेस शर्मा, लक्ष्मण गुरुङ र प्रदिप प्रजुलाई जिम्मेवारी दिइएको छ ।

प्रथम केपी ओली राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगितामा तिन विभागिय टोलीसहित सात प्रदेश तथा एकेडेमीको तर्फबाट दुई युवा टिम गरि कुल १२ टिमको सहभागिता रहने एकेडेमीले जनाएको छ । प्रतियोगितामा उपाधि विजेताले नगद रु ५ लाख र उपविजेताले नगद रु २ लाख ५० हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिता सम्पन्न गर्न करिव ७० लाख खर्च हुने आयोजकले जनाएको छ ।

एकेडेमीका अध्यक्ष आचार्यले प्रतियोगितालाई सफल बनाउन सबै संग आग्रह गरेका छन् । उनले भने-“हामी निरन्तर खेलकुदको विकास, यूवा खेलाडी उत्पादन र खेलाडीहरुको हितका सवालमा आफ्ना योजना अघि सारेका छौं । यहि योजना अनुरुप नै यो प्रतियोगिताको तयारी हो । यो प्रतियोगिता सफल बनाउन एकेडेमीको तर्फबाट म सबैलाई आग्रह गर्छु ।” यो प्रतियोगिताले खेलकुदको विकास संगै खेल पर्यटन मार्फत पोखराको पर्यटन क्षेत्रको विकासमा समेत महत्वपूर्ण योगदान पुग्ने उनले बताए ।

1Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected