3Shares

पोखरा भ्यूज
कार्तिक २८,हेमजा । कास्की माछापुच्छ्रे गाउँपालिका इन्जिनियर तया आर्किटेक्ट ग्रुपको मंगलवार बसेको दोस्रो भेलाले ई.शुसिल अधिकारीको संयोजकत्तोमा पाँच सदस्य तदर्य समिति गठन गरेको छ । सदस्यहरुमा धिरन वि.क, जितेन्द्र दाहाल, प्रशंसा पौडेल र जिवन अधिकारी रहेका छन् ।
संयोजक अधिकारी अनुसार माछापुच्छ्रे गाउँपालिकाका विभिन्न वडामा कार्यरल साथै सम्बन्धित विषयमा अध्यनरत स्थानीय इन्जिनियर तथा आर्किटेक्ट विचको समुह हो । यसलाई निकट भविषयमा विधान बनाई नेपालको कानुन अनुरुप पुणर्ता दिने योजना रहेको बताए । साथै इन्जिनियरिङ क्षेत्रको विकास मोडल र द्धष्टिकोण निर्माण,आयोजनाहरुमा इन्जिनियरहरुको भुभिका,योगदान साथै समग्र माछापुछ्रे गाउँपालिका भित्रका विभिन्न आयोजनाहरुमा केन्द्रित रहेने समेत उल्लेख गरे । उपस्थित भेलाले तदर्थ समिति गठन गर्नुको साथै परिच्यतम एंव दिपावली विषेश शुभकामना अदानप्रदान गरेका थिए ।

3Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected