२०८३ कार्तिक २९, आइतबार Sunday, November 15, 2026
खबर

कोरोला नाका सञ्चालनमा

पोखरा भ्यूज

पोखरा । नेपालको उत्तरी सिमानाका कोरोला नाका सोमबारदेखि सञ्चालनमा आएको छ । निकै लामो समयको प्रतीक्षा पछि उत्तरी क्षेत्रको सबैभन्दा ठुलो र व्यापारिक दृष्टिकोणले निकै महत्त्वपूर्ण मानिएको सो नाका नेपाल र चीनका प्रतिनिधिहरूको उपस्थितिमा सञ्चालन गरिएको हो ।

नेपालको तर्फबाट प्रतिनिधि सभा सदस्य योगेश गौचन, गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दीपेन्द्र बहादुर थापा, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, मुस्ताङ जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रदेश सभा सदस्य नम्डु गुरुङ तथा चिनियाँ सरकारको तर्फबाट चिनियाँ प्रतिनिधिहरूले संयुक्त रूपमा नाकाको शुभारम्भ गरेका हुन् ।

मुस्ताङ र डोल्पा जिल्लाका ४ वटा गाउँपालिकाका लागि सहायता सामाग्री बोकेका ४ वटा गाडीहरूलाई भन्सार पास गराएर नाकाको शुभारम्भ गरिएको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताए । चिन सरकारको तर्फबाट नाका शुभारम्भ गरिएको अवसरमा नेपालका ती गाउँपालिकाहरूलाई सहायता सामाग्रीहरू उपलब्ध गराइएको हो ।

लोमान्थाङ र लोघेकर दामोदर कुण्ड गाउँपालिकाका स्थानीयहरूका लागि नाकामा आवतजावतका गर्न अनुमति पत्र वितरण गरिएको छ । लोमान्थाङ र लोघेकर दामोदर कुण्ड गाउँपालिकाका ९ सय ८० जनालाई नेपाल चीन सीमा क्षेत्रमा प्रस्थानका लागि प्रवेश अनुुमतिपत्र वितरण गरिएको हो । सोही अनुमति पत्रका आधारमा माथिल्लो मुस्ताङका सर्वसाधारण कोरला नाकामा आवतजावत गर्न पाउने छन् । कोरोना महामारीका कारण बन्द भएको नाका चार वर्षपछि खुल्ला गरिएको हो । नाका सञ्चालन नहुँदा माथिल्लो मुस्ताङका स्थानीयहरूको जनजीवन प्रभावित हुँदै आएको थियो । नाका सञ्चालन भएपछि स्थानीयहरू उत्साहित भएका छन् ।

नाकामा चीनको तर्फबाट आवश्यक पूर्वाधारहरू निर्माण गरिएको भए पनि नेपाल तर्फ भने कुनै पूर्वाधार निर्माण गरिएको छैन । जोमसोमदेखि कोरला नाकासम्म दुई लेनको कच्ची सडकको पहुँच पुगेको भए पनि त्यसको स्तरोन्नति हुन सकिरहेको छैन । कोरोला नाकासम्म पुग्ने सडकको स्तरोन्नति र नाकामा आवश्यक पूर्वाधारहरू तत्काल बनाउनु पर्नेमा नगरप्रमुख धनराज आचार्यले जोड दिए ।

उनले लाइफालाईन बन्न सक्ने सम्भावना बोकेको नाकालाई स्थायी रूपमा सञ्चालनमा ल्याई दुई पक्षीय व्यापार तथा सिमापार आवतजावतलाई सहज बनाउन थप पहल गर्न नेपाल सरकारको ध्यानाकर्षण गराए । सामान बोकेका कन्टेनरहरू नेपाल प्रवेश गरे पनि आउन सक्ने अवस्था नरहेको भन्दै तत्काल सडक पूर्वाधार निर्माणमा उनले प्रदेश र सङ्घ सरकारलाई अनुरोध गरे ।

नाका सञ्चालनमा आएपछि नेपाल उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष आनन्दराज मुल्मी लगायतका व्यवसयाीहरुले खुसी व्यक्त गरेका छन् । नाका सञ्चालनमा आएपछि माथिल्लो मुस्ताङका सर्वसाधरणहरुले दैनिक उपभोग्य वस्तु, निर्माण सामग्री, इलेकट्रोनिक्स सामग्री, लत्ताकपडा लगायत आयात गर्न पाउने छन् भने यताबाट पस्मिना, कृषि उत्पादन र यार्सागुम्बाको निर्यात हुने बताइएको छ ।

Read more

देउवा नेतृत्व कांग्रेसको १५औँ महाधिवेशनका लागि कास्कीबाट पुराना नेता र युवासहित प्रतिनिधि चयन

पोखरा । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनका लागि कास्कीका तीनवटै निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि चयन भएका छन् । पार्टीको १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा नेतृत्वको समूहबाट नियमित…

समाज कल्याण समितिको अध्यक्षमा पुनः राजेन्द्रबहादुर कार्की निर्विरोध निर्वाचित

पोखरा । ‘सामाजिक उत्तरदायित्व हाम्रो जिम्मेवारी’ भन्ने मूलमन्त्रका साथ स्थापित समाज कल्याण समिति कास्कीको अध्यक्षमा राजेन्द्रबहादुर कार्की पुनः निर्विरोध निर्वाचित भएका छन् । शनिबार पोखरा-१०, काजीपोखरीस्थित सभा हलमा…

रत्न मन्दिर र हिमागृह लिजमा नदिन जिससको आग्रह

पोखरा । पोखराका ऐतिहासिक सम्पदा रत्न मन्दिर तथा हिमागृहसहित बाराहीघाटको जग्गा ३० वर्षका लागि लिजमा दिने तयारीप्रति जिल्ला समन्वय समिति कास्कीले आपत्ति जनाएको छ। समितिले फेवातालको मापदण्डभित्र पर्ने…

पोखरामा मंसिर ५ र ६ गते कांग्रेस गण्डकीको दोस्रो अधिवेशन, देउवाले उद्घाटन गर्ने

१ हजार ६ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदै, अधिवेशनका लागि २५ लाख खर्च अनुमान पोखरा, कात्तिक २७ । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको दोस्रो अधिवेशन आगामी…

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…