4Shares

पोखरा भ्यूज

पोखरा । पोखरा महानगरपालिका वडा नं २७, रिठेपानीमा अवस्थित विद्यालय लिटल फ्लावर एजुकेशनल एकेडेमीमा विद्यालयको वार्षिक कार्यक्रम अन्तर्गत शनिवार शिक्षक अभिभावक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कक्षा नर्सरीदेखि कक्षा १२ सम्मका विद्यार्थीहरुका अभिभावकसँग विभिन्न चरणमा शिक्षक अभिभावक अन्तरक्रिया गर्दै आयोजित समापन कार्यक्रममा प्रमुख बक्ता एवम् पोखरा क्षेत्रकै अनुभवी शैक्षिक व्यक्तित्व प्रध्यापक डा त्रिभुवन शर्माले विद्यार्थीहरुको सिर्जनात्मक क्षमताको अभिवृद्धि गर्न बालमैत्री वातावरणमा जोड दिए । उनले गुणस्तरीय शिक्षाको माध्यमबाट दक्ष जनशक्ति निर्माणमा अझै अगाडि बढ्न प्रेरित गरे ।

विद्यालयका इञ्चार्ज रामप्रसाद अधिकारीले स्वागत गरेकोे कार्यक्रममा प्रिन्सिपल विकल पौडेलले पढाइको साथसाथै खेलकुदका माध्यमले पनि अगाडि वढाउने उदेस्यले बार्षिक कार्यक्रम अन्तरगत खेलकुद सप्ताह भर्खरै सम्पन्न गरेको, विद्यार्थीको सर्वाङ्गिण विकासको लागि आबश्यक पर्ने विभिन्न विधामा अलग अलग प्रशिक्षकको व्यवस्था गरेको उल्लेख गरे । अभिभावक दिनेश पौडेलले अन्तरक्रिया कार्यक्रमका साथै विद्यालयले निकट भविष्यमा थप कार्यक्रमहरु सहित अगाडि बढ्ने अपेक्षा गरे । कार्यक्रमको सञ्चालन विष्णुहरि पौडेलले गरेका थिए ।

4Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected