71Shares

पोखरा भ्यूज

पोखरा, २६ मंसिर । नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले गुनासाबाट कुनै उपलब्धि प्राप्त नहुने बताएका छन् मंगलवार नेपाली कांग्रेस गण्डकी प्रदेश, ट्रेड युनियन तथा श्रम बिभागको पहिलो बैठकमा शर्माले उक्त कुरा बताएका हुन् गुनासो गर्ने हाम्रो संस्कृति नै शर्माले भने, सबै तहका जिम्मेवार ब्यक्तिले आफ्नो जिम्मेवारी अनुसारको कार्य गरेमा गुनासो गर्ने ठाउँ नै नरहने उनको दावी थियो शर्माले संगठन बलियो भएमात्र हकअधिकार प्राप्त हुने बताएका छन् बलियो संगठन भएमात्र हक अधिकार प्राप्त हुने हुँदा तल्लो तहसम्म ट्रेड युनियन कांग्रेसको संगठन विस्तार गर्न सबै तहका निकाय सक्रिय हुनुपर्नेमा उनको जोड थियो

नेपाली कांग्रेस गण्डकी प्रदेशको पौष गते पोखरामा हुन गईरहेको प्रथम प्रदेश सम्मेलनको पूर्व सन्ध्या आयोजित बैठकमा गण्डकी प्रदेशका महामन्त्री किरणबाबु श्रेष्ठले प्रदेश संरचनामा बिभाग पहिलो अभ्यास भएकाले पाटी ट्रेड यूनियन बिचको सम्बन्धलाई कसरी मजबुद बनाउन सकिन्छ भन्ने बिषयमा व्यापक छलफल गर्न प्रदेश समिति प्रतिबद्व रहेको बताए अर्का महामन्त्री बिष्णुप्रसाद लामिछानेले बिधानले ब्यवस्था गरे बमोजिम बिभाग गठन गरेको जानकारी गराउदै बिभागको औचित्य कार्यबिधि बारे जानकारी गराएका थिए

नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमिति सदस्य एवं ट्रेड युनियन तथा श्रम बिभाग प्रमुख सकुन्तला शर्माको अध्यक्षतामा सम्पन्न बैठकमा नेपाली कांग्रेस गण्डकी प्रदेशका सहमहामन्त्री कोपिला रानाभाट, कोषाध्यक्ष बसन्त कुमार श्रेष्ठ, प्रवक्ता माधवप्रसाद बास्तोला, सूचना, संचार तथा प्रचारप्रसार बिभाग प्रमुख रमेश पौडेल, सहकारी बिभाग प्रमुख सिता गुरूङ लगाएतले सबैको अस्तित्वको खोजी भईरहेको समयमा ट्रेड तथा श्रमिक बिभागले ठिक समयमा बैठक राखेर बिभागको औचित्य सावित गरेको बताएका थिए

नेपाल ट्रेड यूनियन कांग्रेसका केन्द्रिय सहकोषाध्यक्ष रसमाया गुरूङले ट्रेड यूनियन शिक्षाको आवश्यकताका बारेमा आफ्नो धारणा व्यक्त गरेकी थिईन् नेपाल ट्रेड युनियन कांग्रेस गण्डकी प्रदेशका अध्यक्ष मुरारी शर्माले चुनावका बेला मात्र खोजी गर्ने कांग्रेसले आउँदो पौष गतेको सम्मेलन पछि खोजी गर्छ की गर्दैन ?परीक्षणको विषय भएको बताएका थिए

बैठकमा ट्रेड यूनियन कांग्रेस गण्डकी प्रदेशमा आवद्व संघका गण्डकी प्रदेश अध्यक्षहरू क्रमशः नेपाल शिक्षक़ संघका अध्यक्ष शिरोमणि लामिछाने, नेपाल प्रेस युनियनका टंकराज अधिकारी, गृह श्रमिक संघका गीता बिष्ट, कृषि श्रमिक संघका सुरेन्द्र श्रेष्ठ, ब्यूटीसियनका शर्मिला रानाभाट, यातायात मजदूर संघका किरणबाबु पन्त, सिलाई बुनाई तथा इम्ब्रोईडरीका अमर परियार, नेपाल निर्माण श्रमिक संघका हरिबहादुर गुरूङ, व्यापार सम्बन्ध श्रमिक संघका रामप्रसाद कँडेल, वित्तीय संस्था कर्मचारी संघका कृष्णप्रसाद बास्तोला, छापाखानाका निर्दोष डुम्रे, कारखानाबाट केशबप्रसाद भट्टराई, प्रदेशका उपाध्यक्ष लालीमाया रेग्मी, महिला बिभाग प्रमुख प्रभा गौतम, प्रदेश सदस्य शिवराज अधिकारी लगाएतले आफ्ना सांगठनिक गतिबिधि राखेका थिए

त्यस्तै, बैठकमा गण्डकी प्रदेश भित्रका ट्रेड यूनियन कांग्रेसका जिल्ला अध्यक्षहरू कास्कीका कमलबहादुर सापकोटा, स्यांगजाका सचिव कमल ग़ैरे, बाग्लुंगका ईश्वर ठाकुर पौडेल, तनहुँका कृष्ण केसी लगायतले प्रदेश स्तरीय नेतृत्वहरुलाई ट्रेड युनियन योगदानमा आधारित सामाजिक सुरक्षा, श्रम कानुन, न्युनतम पारिश्रमिक स्थानीय तहमा ट्रेड यूनियन विस्तारबारे आफ्ना भनाई राखेका थिए

बैठकमा पौष गतेको सम्मेलनका विभिन्न बिभाग अन्तर्गतका बैठकहरू भईरहेका प्रदेशका सूचना, संचारतथा प्रचारप्रसार बिभाग उपप्रमुख शिरोमणि बरालले जानकारी दिएका छन्

बैठकका निर्णयहरू

नेपाली कांग्रेस गण्डकी प्रदेश, ट्रेड युनियन तथा श्रम बिभागको पहिलो बैठक विविध निर्णयहरु गरि सम्पन्न भएको बैठकले नेपाली कांग्रेसको प्रथम प्रदेश सम्मेलनमा ट्रेड श्रमिकका तर्फबाट पेश गर्ने प्रस्ताव लेखनका लागि बिभागका प्रमुख सकुन्तला शर्माको संयोजकत्वमा ट्रेड यूनियन कांग्रेस गण्डकीका अध्यक्ष मुरारी शर्मा, सचिव रुद्रप्रसाद तिमिल्सिना, शिक्षक संघ गण्डकीका अध्यक्ष शिरोमणि लामिछाने ट्रेड यूनियन कांग्रेस कास्कीका सचिव कृष्णप्रसाद बास्तोला सदस्य रहेको पाँच सदस्यीय समिति गठन गरेको त्यस्तै, ट्रेड तथा श्रम बिभागको समितिलाई पूर्णता दिनका लागि प्रदेश भित्रका ११ वटै जिल्ला समितिले प्रदेश समितिसँगको समन्वयमा / जना सिफारिश गर्ने, पौष गते सम्पन्न हुन गईरहेको प्रथम प्रदेश सम्मेलनलाई सभ्य भव्य रूपमा सफल बनाउन आवद्व संघलाई सक्रिय सहभागितालाई आग्रह गर्ने, अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकको स्थानीय तहमा पंजीकरण गर्नका लागि सम्बंधित जिल्ला मार्फ़त प्रदेश सरकारलाई ध्यानाकर्षण गराउने सीजी ग्रुपमा कार्यरत श्रमिकको सेवा सुविधाका समस्याका विषयमा उत्पन्न बिवाद समाधान गराउन नेपाली कांग्रेस प्रदेश कार्यसमिति प्रदेश सरकारलाई ध्यानाकर्षण गराउने निर्णय गरेको बिभागका प्रमुख सकुन्तला शर्माले जानकारी गराईन्

71Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected