96Shares

पोखरा भ्यूज

लमजुंग । लमजुंगमा हुन गईरहेको तेस्रो क्याबिनेट बैठकको पूर्व सन्ध्यामा बृहत् सरसफाई अभियान सम्पन्न भएको छ । बुधवार तेस्रो क्याविनेट बैठकलाई लक्षित गरी लमजुंग बेशिशहरस्थित लायन्स क्लबहरूको आव्हानमा सुरक्षाकर्मीको सहयोगमा स्थानीयवासीको स्वतःस्फूर्त सक्रियतामा बजार सरसफाई गरिएको हो । 

माघ गते (सुक्रवार शनिबार) दुई दिन लमजुंगको बेशिसहरस्थित फुलबारी मञ्चमा लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालको तेस्रो क्याबिनेट बैठक हुदैछ । बैठकको सम्पूर्ण तयारी पूरा भएको बैठक मूल आयोजक समितिका संयोजक सुरेश कुमार प्रधानले बताए । बैठकमा करिब एक हजार जनाको सहभागिता रहने अनुमान गरिएको छ ।              

नेपालमा रहेका १५ वटा डिष्ट्रिक्ट मध्ये सबैभन्दा अव्वल डिष्ट्रिक्टका रुपमा रहेको डिष्ट्रिक्ट आईले नेपालको लायनवादको ईतिहासमा पहिलो पटक लायन्स पदाधिकारीहरूको बैठक लमजुंगमा आयोजना गरेको डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसीको दावी

तेस्रो क्याबिनेट बैठकलाई भब्य रुपमा सफल पार्नका लागि लायन्स क्लब अफ लमजुंग बेशिशहरका संस्थापक अध्यक्ष सुरेशकुमार प्रधान संयोजक रहेको विभिन्न १४ वटा उपसमितिहरूले आफ्नो जिम्मेवारी तदारूकता साथ अघि बढ़ाई आफ्ना जिम्मेवारी पूरा गरेका छन्

समिति संयोजकहरूमा आर्थिकमा सुरेशकुमार प्रधान, प्रचारप्रसार तथा स्मारिका प्रकाशनमा किसान संगीत, स्थानीय तह संयोजनमा बुनाकुमारी रिमाल, अतिथि सत्कारको लागि सरिता सापकोटा, मञ्च/गेट टेन्ट ब्यवस्थापनमा विजय घिमिरे, खाना/बास/खाजा व्यवस्थापनमा सरोज शर्मा वाग्ले, किट् व्यागमालक्ष्मण न्यौपाने, पार्किङ व्यवस्थापनमा गणेशमान श्रेष्ठ, खानेपानीमा सवनम मिया, स्वास्थ्य डेक्सको लागि त्रिलोकचन्द्र गुरुङ, झाँकी तथा साँस्कृतिक व्यवस्थापनमा पार्वती श्रेष्ठ, स्वयंसेवक परिचालनमा सुगम देउजा  मल्टिमिडिया व्यवस्थापन उपसमिति संयोजकमा प्रमोद अधिकारी रहेका छन् ।                    

सहभागीहरूको आवासका लागि लमजुंगस्थित होटलका साथै होम स्टे बुकिङ भईरहेको रजिष्ट्रेसन उपसमितिका संयोजक लायन्स क्लब अफ लमजुंग टुग़ेदर वी क्यानका अध्यक्ष शोभा ठकुरीले बताईन्  उनका अनुसार दुईदिन सम्म संचालन हुने मिटिङमा लमजुंग जिल्लामा उत्पादित स्थानीय विभिन्न बस्तुहरूको स्टल समेत रहने

लमजुंग जिल्लाको समग्र पर्यटन प्रवद्र्धन समेत गराउने उद्देश्यले तेस्रो क्याबिनेट बैठक लमजुंगमा राखिएको लायन्स क्लब अफ लमजुंग टुगेदर वी क्यानका संस्थापक अध्यक्ष एवं डिष्ट्रिक्ट ३२५ आई नेपालका रिजन चेयरपर्सन पायल शर्मा दनाईको भनाई छ ।

’लमजुंग पर्यटकीय दृष्टिले अत्यन्त सुन्दर भूमि हो, धार्मिक, प्राकृतिक, भौगोलिक तथा सांस्कृतिक पर्यटनको प्रबल सम्भावना बोकेको लमजुंगलाई पर्यटनका क्षेत्रमा अब्बल रुपमा दर्ज गर्न आवश्यक छ,’ लमजुंग दरवारका सचिव एवं सचिवालय संयोजक किसान संगीत बताउछन् । उनी भन्छन्- ‘विभिन्न संघसंस्था तथा निकायबाट यसको पहल भइरहेको  नै, समृद्ध लमजुंगका लागि पर्यटन व्यवसाय आवश्यक रहेको नकार्न सकिदैन नै यही आवश्यकता तथा लमजुंगलाई पर्यटकीय हबका रुपमा स्थापित गराउन यो क्याबिनेट बैठकले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास हामीले लिएका छौँ

जिल्लास्थित चार वटा लायन्स क्लवहरूलायन्स क्लब अफ लमजुङ बेसीशहर, टुगेदर वि क्यान, लमजुङ दरबार लमजुङ ग्लोवल सिटीको संयुक्त व्यवस्थापनमा सम्पन्न हुने बैठकमा डिष्ट्रिक्ट अन्तर्गतका सम्पूर्ण क्लबवबाट करिब हजार भन्दा बढ़ीको सहभागिता रहने अनुमान गरिएको  भने बैठकका लागि बेसीशहर नगरपालिका वडा नं स्थित फूलबारीमञ्चमा हुनेछ ।

96Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected