18Shares

पोखरा भ्यूज

पोखरा । भारतीय सेनाका गोर्खा ब्रिगेड प्रेसिडेन्ट लेफ्टिनेट जर्नेल अजय कुमार सिंहले गोर्खा सैनिकहरुको भूमिका प्राचीनकाल देखी नै असाधारण साहस, अनुशासन, निष्ठावान सर्भिसका लागी प्रख्यात रहेको बताएका छन् । विहिवार भारतीय पेन्सन क्याम्प रामबजार, पोखरामा आयोजित एक समारोहमा बोल्दै सिंहले भारतीय गोर्खा सैनिकले भारतमा आई परेको विभिन्न लडाईमा मात्र नभएर भारत राष्ट्र सामु आई परेको हरेक विपतमा अहम् भूमिका निभाएको बताउदै गोर्खा सैनिकको योगदान अतुलनिय रहेको बताएका हुन् 

सो अवसरमा गोर्खा ब्रिगेड प्रेसिडेन्ट सिंहले बिरताका साथ आफ्नो कर्तव्य पुरा गर्ने क्रममा आफ्नो बलिदान दिने वीर सम्पूर्ण शहीदहरू प्रति भारतीय सेनाको तर्फबाट हार्दिक श्रद्वासुमन अर्पण समेत गरेका थिए ।                      

गण्डकी क्षेत्रमा रहेका भूपू सैनिक उनीहरूको परिवार सहितको करिव तीन हजार ५ सय बढ़ीको उपस्थिति रहेको सो समारोहमा बोल्दै सिंहले नेपाल भारत बिचको सम्बन्ध वास्तवमा विश्वमा नै एउटा असल मित्रताको उदाहरण रहेको बताए   सिंहले भने, ‘दुई देश बिच रहेको खुल्ला सिमाना एक अर्कासँग प्राचिनकाल देखी चल्दै आएको आत्मीय सम्बन्ध, जस्ले गर्दा कहिलेकाही एक देशमा आपत पर्दा अर्को देश सहयोगको लागी जहिले पनि अगाडी आउने गरेको छ । भारतीय गोर्खाली भूपूहरु नेपाल भारत दुई देश बिचको यो सुमधुर मैत्री सम्बन्धको एक बलियो आधार स्तम्भ हो, भारत सरकार भारतीय सेनालाई जहिले पनि आफ्नो गोर्खाली सेनामाथि गर्ब

उनले हाल भारतमा हाल २२ हजार गोर्खा सैनिक गोर्खा पल्टनमा सेवा गरिरहेको नेपालमा लाख २२ हजार गोर्खाली भू पू अनि उनीहरुको परीवारले पेन्सन लिईरहेको जानकारी दिदै बैकबाट सहज सरल तरीक़ाले पेन्सन लिन बैंकहरुसँग बेला बेलामा छलफल निर्देशन दिईएको पनि बताए ।                  

जर्नेल सिंहले भूपू गोर्खा सैनिकलाई आश्वस्त पार्दै भने, ‘ तपाईहरूले पल्टने जागीर पुरा गरी घर आउनु भएको छ, भारत सरकार अनि भारतीय सेनाको पालो तपाईहरुको हेरबिचार गर्ने, अनि तपाईहरुको सुखदुखमा साथ दिने हो जस्को लागी भारतीय सेना कहिले पनि पछाडी हटने छैन, किनकी तपाईहरुको योगदान अमुल्य रहेको छ 

आफ्नो मन्तव्य टुङग्याउने क्रममा गोर्खा ब्रिगेड प्रेसिडेन्ट सिंहले भने अहिले नेपाल बिकासको बाटोमा अगाडी बढदै , जुन कुरा धेरै राम्रो कुरा हो, नेपालको बिकासमा भू पू हरुले पनि राम्रो भुमिका निभाएको सुन्दा र देख्दा धेरै नै खुशी लागेको , पल्टनमा सिकेको सिप अनि तपाईसँग भएको अन्य सिप देश बिकासमा लगाउनुस

समारोहमा उपस्थित भूपू सैनिक र उनका परिवारका लागि बृहत्  निशुल्क स्वास्थ्य जाँच पनि गरिएको जनसम्पर्क अधिकृत भरत भूषण पाण्डेले बताए ।

18Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected