
पोखरा भ्यूज
पोखरा । बंगुर, सुगुर तथा बँदेल प्रजातिमा देखापरेको ‘अफ्रिकन स्वाइन फिभर’को संक्रमणका कारण गण्डकी प्रदेशमा १६ हजार पाँच सय बढ़ी बंगुर मरेका छन् । पशुपंछी तथा मत्स्य विकास निर्देशनालय पोखराले सोमवार पोखरामा अफ्रिकन स्वाइन फिभरका कारण मरेका मिडिया ब्रिफ़िङ कार्यक्रममा बताईएको हो ।

तीव्र गतिमा फैलने यो रोग नेपालमा २०७९ जेठ २ गते पहिलो पटक पुष्टि भएको थियो भने गण्डकी प्रदेशमा सोही बर्षको साउन २९ गते पुष्टि भएको निर्देशनालयका महा–निर्देशक डा. प्रेरणा सेढाई भट्टराईले बताईन् । व्यावसायिकरूपमै फार्ममा पालिएका बंगुर मर्न थालेपछि विज्ञ केन्द्रको टोलीले गरेको अनुगमन तथा केही फार्मबाट लिइएको नमुनामा अफ्रिकन स्वाइन फिभर पुष्टि भएको हो ।

बंगुरमा संक्रमण देखिएपछि हालसम्म कास्कीमा मात्र १५ हजार तीनसय ८८ बढी बंगुर मरेका छन् । कास्कीमा मृत्यु भएको बंगुरको संख्या कुल मृत्यु संख्याको ९२.९ प्रतिशत हो । सो संख्यामा बंगुर मर्दा ५० करोड बढीरुपैयाँको क्षती पुगेको डा सेढ़ाईले बताईन् ।
अघिल्लो वर्षदेखि देखा परेको अफ्रिकन स्वाईन फिभरले गण्डकीमा १२७ वटा फार्मका १६ हजार ४ सय ४२ वटा बंगुर मरेका थिए । यस वर्ष ढिला गरेर देखिएको यस रोगले हालसम्म ११२ वटा बंगुर मरिसकेको महानिर्देशक सेढाईले बताईन् । उनका अनुसार गण्डकीमा यस वर्ष कास्कीमा ५५ वटा, तनहुँमा ३० वटा, लमजुङमा १४ वटा र गोरखामा १३ वटा बंगुर मरेका छन्।

कास्कीमा यस वर्ष बंगुरको संख्या नै कम भएकाले मृत्यु संख्या कम देखिएको निर्देशनालयले जनाएको छ । कास्कीमा अघिल्लो वर्ष करीब ५० हजार बंगुर थिए । अफ्रिकन स्वाईन फिभर देखिएपछि निर्देशनालयले बंगुरको संख्या घटाउन आग्रह गरेपछि बंगुर पालक किसानहरुले ९० प्रतिशतसम्म बंगुरको संख्या घटाएका थिए। कास्कीमा हाल ५ हजारको हाराहारीमा बंगुर रहेकाले मृत्यु संख्या पनि कम देखिएको उनको भनाई छ।
अफ्रिकन स्वाईन फिभर रोग लागेपछि शतप्रतिशत बंगुरको मृत्यु हुन्छ । त्यसैले रोग लाग्नै नदिनका लागि सचेतना अभियान सञ्चालन गर्ने गरिएको निर्देशनालयका अधिकृत डा.बालकुमार श्रेष्ठले जानकारी दिए ।
बंगुरमा लाग्ने अफ्रिकन स्वाईन फिभर रोग रोगी सुंगुर, बंगुर, बंदेल, जंगली बँदेलसँगको सम्पर्कबाट, किर्नाको टोकाई, मासु वा रोगी पशुको सम्पर्कमा आएका सामग्रीहरुको लसपस वा ओसारपसारबाट र होटल तथाभोजभतेरबाट ल्याइएका जुठो खानाका कारण सर्ने र फैलिन सक्ने निर्देशनालयले जारी गरेको सूचनामा उल्लेख छ ।
विश्व पशु स्वास्थ्य संगठनलाई हवाला दिदै निर्देशनालयले यसको रोकथापका लागि अन्य व्यक्तिलाई बंगुर वा सुंगुरको खोरमा पस्न नदिन, खोरमा पस्दा कपडा फेरेर वा डिस्ईनफेक्टेन्ट छरेर मात्रै प्रवेश गर्ने, खोरमाफोहोरको उचित व्यवस्थापन गर्ने, होटल तथा भोजभतेरबाट ल्याइएका जुठो खाना बंगुर, सुंगुरलाई सकभरनदिने, दिनै परे ३० मिनेट पकाएर मात्रै दिने, जंगली बंगुर र बंदेललाई सिधा सम्पर्कमा आउन नदिने आग्रह गरेकोछ । यो रोग मान्छेमा भने नसर्ने उनले प्रष्ट्याए ।
कृषि तथा भूमि व्यवस्था मन्त्रालयका सचिव टंकप्रसाद प्रसाईंले रोगका कारण मरेका बंगुरको क्षेतीपूर्तीकिसानलाई दिएर पुनः व्यवसायमा फर्काउन मन्त्रालयले बिउ पुँजी उपलब्ध गराउने बताए ।
निर्देशनालयका पशु प्राविधिक सुरेश श्रेष्ठले बंगुर फार्मको नियमित अनुगमन गरेर किसानलाई सचेत बनाउने, बंगुरको संख्या घटाउन आग्रह गर्ने, रोग लागेका बंगुरको व्यवस्थापनका लागि सचेत गराउनेलगायतका कार्यआफूहरुले गरिरहेको बताए।







सम्बन्धित खवर
















