२०८३ कार्तिक २८, शनिबार Saturday, November 14, 2026
खबर

जिसस कास्कीद्वारा बित्तिय सुशासनको नतिजा सार्बजनिक

पोखरा । जिल्ला समन्वय समिति कास्कीले जिल्लास्थित पालिकाहरूको आर्थिक बर्ष २०७९/८०को बित्तिय सुशासन जोखिम मुल्यांकनको नतिजा सार्बजनिक गरेको छ
सार्बजनिक नतिजा अनुसार बित्तिय सुशासनमा रुपा गाउँपालिकाले ६७ अन्क प्राप्त गरेको छ। त्यस्तै माछापुच्छ्रे गाउँपालिकाले ६४.५, अन्नपूर्णले ६२, मादीले ६०.५ र  पोखरा महानगर पालिकाले ६० अंक प्राप्त गरेका छन् ।
मंगलबार विशेष सार्बजनिकिकरण कार्यक्रमको आयोजना गरि उक्त नतिजा सार्बजनिक गरिएको जि .स .स. कास्कीका प्रमुख लिलाधर पौडेलले जानकारी दिए ।
प्रमुख पौडेलले कास्कीका पालिकाहरू सबैले साठी प्रतिशत भन्दा माथिको नतिजा सहित बित्तिय जोखिमको मध्यम जोखिममा देखिएको उल्लेख्य गर्दै बित्तिय सुशासनमा अब्बल देखिने नतिजा अबको लक्ष्य बनाउन आग्रह गरे ।
पौडेलले सुशासन र समृद्धिको महत्त्वपूर्ण जग बित्तिय सुशासन भएको हुँदा हरेक पालिका चालू आर्थिक बर्षमा बेरुजुरहित हुन तर्फ ध्यान केन्द्रित गर्न राष्ट्रसेवक कर्मचारी र जन प्रतिनिधिहरू लाग्न आग्रह गरे । सुशासन सबैको साझा दायित्व भएको भन्दै पौडेलले बार्षिक कार्ययोजना मुताबिक कार्य सम्पादन गर्न आग्रह सूझाए ।
उक्त मुल्यांकनमा बित्तिय सुशासन जोखिम मुल्यांकन कार्यबिधी -२०७७ लाई आधार बनाइ योजना बजेट तथा कार्यक्रम ब्यबस्थापन, कार्यान्वयन क्षमता तथा ब्यबस्थापन, लेखान्कन तथा प्रतिबेदन, अनुगमन मुल्यांकन तथा लेखा परिक्षण र राजश्व ब्यबस्थापनका बिषय क्षेत्र तोकि कुल ११८ वटा सुचकमा आधारित भएर १०० पूर्णांकमा मुल्यांकन गरिएको जिल्ला समन्वय अधिकारी नवराज बरालले जानकारी दिए ।
शाखा अधिकृत झबिश्वर रेग्मिले काम गराइ र बुझाइमा एकरूपता नहुनु, नतिजाको प्रभाबकारी कार्यान्वयन र समिक्षा को अभाव, अभिलेख ब्यबस्थापन प्रभाबकारी हुन नसक्नु जस्ता बिषय कठिनाईको रूपमा देखिएको उल्लेख गरे । कार्यक्रममा कास्कीका पालिका प्रमुख गण्डकी प्रदेश मुख्य मन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिब यमुना प्रधान, गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराम पाण्डे, पोखरा महानगर पालिकाका प्रमुख प्रशासकिय अधिकृत श्यामकृष्ण थापा, कास्कीका पालिकाका प्रमुख प्रशासकिय अधिकृतहरू, जिल्ला समन्वयका सदस्यहरू सहित संचारकर्मीहरूको उपस्थिति रहेको थियो ।
जि .स. स .कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत सदस्य सितादेबी बि. क. र संचालन जिल्ला समन्वय अधिकारी नवराज बरालले गरेका थिए ।

Read more

रत्न मन्दिर र हिमागृह लिजमा नदिन जिससको आग्रह

पोखरा । पोखराका ऐतिहासिक सम्पदा रत्न मन्दिर तथा हिमागृहसहित बाराहीघाटको जग्गा ३० वर्षका लागि लिजमा दिने तयारीप्रति जिल्ला समन्वय समिति कास्कीले आपत्ति जनाएको छ। समितिले फेवातालको मापदण्डभित्र पर्ने…

पोखरामा मंसिर ५ र ६ गते कांग्रेस गण्डकीको दोस्रो अधिवेशन, देउवाले उद्घाटन गर्ने

१ हजार ६ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदै, अधिवेशनका लागि २५ लाख खर्च अनुमान पोखरा, कात्तिक २७ । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको दोस्रो अधिवेशन आगामी…

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…