
पोखरा । लायन्स क्लब अफ पोखरा आदर्श चौतारीले मगलबार मानव सेवा आश्रम हेमजामा खाध्यान उपलब्ध गराएको छ । क्लबका सचीव दिपक प्रसाद घिमिरेको वैवाहिक बर्ष गाँठको अवसर पारेर क्लबको आयोजनामा उक्त कार्य सम्पन्न गरेको हो ।
डिष्ट्रिक्ट ३२५ आई नेपालका प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर बिनोद ढुंगानाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा डिष्ट्रिक्ट को-अर्डिनेटर अमृत तिवारी क्लबका पदाधिकारी एवं सदस्य, मानव सेवा आश्रमका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
करिब १२६ जना आश्रममा रहेका व्यक्तिहरुका लागि ३२ हजार रुपैया बराबरको दैनिक उपभोग्य खाद्यान्न सामग्री उपलब्ध गराएको कार्यक्रमका सयोजक दिपक गुरुङले बताए ।
क्लबका अध्यक्ष दामोदर आचार्य को अध्यक्षता सम्पन्न कार्यक्रममा प्रमुख अतिथि ढुंगाना, पूर्व अध्यक्ष बसन्तराज कोइराला, मानव सेवा आश्रम जिल्ला सयोजक सदिस पुन, क्लबका प्रथम उपाध्यक्ष सुर्य पोख्रेल, सचिब दिपक प्रसाद घिमिरेले लगाएतले बोलेका थिए ।











