
कास्की । सशस्त्र प्रहरीले भिरमा अड्केको शव उद्बार गरेको छ । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका-१, जिमिरेस्थित करुवा सेति हाईड्रोपावरमा काम गर्ने मजदुर भिरबाट तल खसेर अड़केको सबलाई सशस्त्र प्रहरीले उद्वार गरेको हो ।
गोरखा जिल्ला शहिदलखन गाउँपालिका-२, घर भएका मजदुर वर्ष ५० का याम बहादुर थापा काम गर्ने क्रममा अचानक अन्दाजी ३०० मिटर माथि भिरबाट तल खसी उनको मृत्यु भएको छ ।
थापाको शवलाई सशस्त्र प्रहरी बल, नेपाल नं.२४ गण हे.क्वा. कालिका कास्कीबाट खटि गएको विशेष विपद् उद्बार टोलिले उद्बार गरी पोष्टमार्टमका लागी पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा पठाएको छ ।











