37Shares

पोखरा । काठमांडौं र पोखरामा चैत ११ गते होली महोत्सव हुने भएको फागु पुर्णिमाको अवसर पारी लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपाल अन्तर्गत गण्डकी क्षेत्रका लायन्सहरूको एस.आर. के.सी. बेन्कुईट माटेपानी पोखरामा होली महोत्सव हुन लागेको डिष्ट्रिक्ट चिफ पि.आर.ओ. एवं कार्यक्रम संयोजक शैलेन्द्र मोहन भट्टराईले जानकारी दिए

त्यस्तै, सोही दिनमा दियालो फुडल्याण्ड काठमांडौंमा बाग्मती क्षेत्रका लायन्स सदस्य बिच फागू पुर्णिमाको शुभकामना आदान प्रदान गर्ने कार्यक्रम रहेको डिष्ट्रिक्ट कोअर्डिनेटर एवं कार्यक्रम संयोजक बिष्णु प्रसाद भण्डारीले जनाए

लायन्स सदस्य विच एक आपसमा रंग आदानप्रदान गर्दै फागू पुर्णिमाको शुभकामना आदान प्रदान एवं सामाजिक सद्भावलाई उजागर गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो । पोखरा हुने होली महोत्सव बिहान ८.३०-१२.३० बजेसम्म र काठमांडौंमा हुने महोत्सव १०.३०-२.३० बजेसम्म हुने आयोजकले जनाएको छ ।

कार्यक्रम सम्पन्न गर्नका लागि पोखरा क्षेत्रमा डिष्ट्रिक्ट चिफ पि.आर.ओ. शैलेन्द्र मोहन भट्टराई संयोजक रहने गरी सदस्यहरू शान्ता देवी थापा भण्डारी, बसुधा पराजुली भट्टराई, दिल बहादुर थापा, गंगा विलास लोहनी, नागेन्द्रराज बराल र गिता बराल रहेका छन् ।

काठमांडौमा डिष्ट्रिक्ट कोअर्डिनेटर बिष्णु प्रसाद भण्डारी संयोजक रही सदस्यहरूमा मेनका लामा, संगीता शर्मा र शारदा न्यौपाने रहेका छन् ।

37Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected