31Shares

पोखरा लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको दोश्रो राष्ट्रिय महाधिवेशनले नयाँ नेतृत्व पाएसँगै लायन बर्ष२०२४/२५ ले पनि पूर्णता पाएको

ह्युमानिटी फस्टको नारा सहित लायन बर्ष २०२४/२५ का लागि लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको डिष्ट्रिक्ट गभर्नरमा निर्वाचित बिनोद ढुंगानाले क्याविनेट अफिर्सस एनाउन्समेन्ट कार्यक्रम सम्पन्न गरेका हुन् । बुधवार काठमांडौस्थित दियालो फुडल्याण्ड विहिवार पोखरा ग्राण्डमा आफ्ना भाबी कार्यक्रम रणनिती सहित कार्यकालको स्लोगन सार्वजनिक गर्दै करिव सय ५० सदस्यीय क्याबिनेट अफिसर्स सार्वजनिक गरे 

गत चैत गते काठमांडौमा सम्पन्न दोस्रो अधिवेशनले लायन बर्ष २०२४/२५ का लागि डिष्ट्रिक्ट गभर्नर पदमा बिनोद ढुंगाना, प्रथम भाइस डिष्ट्रिक्ट गभर्नरमा पार्वती खरेल पाण्डे द्वितीय भाइस गभर्नर पदमा सूर्य कुमार केसीलाई सर्वसम्मत निर्वाचित गरेको थियो

निर्वाचित भए पश्चात ३ गते नै डिष्ट्रिक्ट गभर्नर बिनोद ढुंगानाले लायनबर्ष २०२४/२५ मा आफ्नो क्याविनेटमा अत्यन्तै नजिक रहेर काम गर्नको केही पदमा मनोनयन गरेका थिए । उनले डिष्ट्रिक्टको महत्वपूर्ण पद क्याविनेट सेक्रेटरीमा अमृत प्रसाद तिवारी, क्याबिनेट ट्रेजरर पवित्रराज तिवारी, डिष्ट्रिक्ट चिफ एडभाईजर शैलेन्द्र मोहन भट्टराई, डिष्ट्रिक्ट पिआरओ ईन चिफ बिष्णुप्रसाद भण्डारी, डिष्ट्रिक्ट सेक्रेटरियट एडमिनिट्रेटर हरिराज पन्त र महेश पाण्डे, डिष्ट्रिक्ट फाईनान्सियल एडमिनिट्रेटर सूर्य नारायण बराल र सन्तोष रावल लगाएत को-चिफ एडभाईजरहरूमा ऋषि गिरी, जनार्जन फुयाल, शान्ता देवी थापा भण्डारी, अमृत शोभा खत्री, महेन्द्र कुमार राठी लगाएतलाई मनोनयन गरेका थिए

मनोनित गर्न बाँकी क्याविनेट पदाधिकारी बिस्तार तथा जिम्मेवारी प्रति प्रतिवद्धता जनाउन आयोजित कार्यक्रममा गभर्नर ढुंगानाले अन्य पदहरुमा लायन्सको बिधान अनुसार क्रमश डिष्ट्रिक्ट एक्जुकेटिभ, डिष्ट्रिक्ट कोअर्डिनेटर, डिष्ट्रिक्ट काउन्सिलर, डिष्ट्रिक्ट एम्बासडर, क्लस्टर चिफ, ग्लोबल कजेज चेयरपर्सन, क्लस्टर कोचिफ, गभरनर्स प्रोग्राम चेयरपर्सन, ग्लोबल कजेज कोचेयरपर्सन, गभरनर्स प्रोग्राम कोचेयरपर्सन, ग्लोबल कजेज अफिसर, रिजन चेयरपर्सन, गभरनर्स प्रोग्राम अफिसर, जोन चेयरपर्सन, ग्लोबल कजेज मेम्बर, गभरनर्स प्रोग्राम मेम्बर ईन्टरनेशनल रिलेसन अफिसर सहित २५ पदहरुमा मनोनित भए 

डिष्ट्रिक्ट गभर्नर ढुंगानाले लायन बर्ष २०२४/२५ को स्लोगनको मर्म भावना अनुसार सम्पुर्ण लायन सदस्यहरूले आफुलाई समाज सेवाका लगि बिशिष्ठ खालका सामाजीक कार्यहरुमा लगाउन आग्रह गरे

बिशेष गरीआफ़नो कार्यकालमा गरिने मुख्य कार्यलाई मुख्य चार बुदाँ संक्षिप्तमा उल्लेख गर्दै ढुंगानाले मानवता हाम्रो प्राथमिकतामा आधारित भएर कार्य गरिने बताउदै मानविय सम्मेदनाका कार्य घर देख़ि घाटसम्म अर्थात अन्तिम संस्कारसम्म जोड़िने रहेको बताए त्यस्तै अपाङगता हाम्रो आत्मीयता, हंगर रिलिफ़ साथै लायन्ससँग युथलाई जोड़ने रहेको जानकारी गराए मानवताको क्षेत्रमा मनोनित पदाधिकारीहरुसँग सहयोगको प्रतिबद्धता माग गरेका थिए

कार्यक्रममा प्रमुख अतिथि निवर्तमान डिष्ट्रिक्ट गभर्नर रामबहादुर बसेलले गभर्नर ढुंगाना वहाँको टीमलाई आगामी कार्यकालका लागि हातेमालो गरि सहयोग गर्न सम्पूर्ण लायन्स लिडरहरुलाई आग्रह गर्दै कार्यकाललाई उत्कृस्ट वनाउन आव्हान गरेका थिए आई डिष्ट्रिक्ट स्थापना पश्चात डिष्ट्रिक्टले विश्व रेक़र्डस्थापित गरिरहेको

गएको बर्ष यो बर्ष उत्कृष्ट ढंगले डिष्ट्रिक्ट अगाडी बढ़ेको त्यसरी नै आउँदो बर्षपनि यो भन्दा अझ उत्कृष्ट तरिकाले अघि बढ़नेमा विश्वस्तरहेको बताउदै बसेलले लायन्सले जति समाजमा काम गरेको बाहिर आउँन नसकेको बताए उनले पद ठूलो सानो हुदैन जे जिम्मेवारी प्राप्त भएको , उत्कृष्ट ढंगले कार्यसम्पादन गर्न अनुरोध गर्दै लायन्सलाई समाजले बुझ्न सक्ने गरी कार्य गर्न सुझाव दिए

लायन्स अन्र्तराष्ट्रियले बिश्वका बिभिन्न देशहरुमा सेवा सुबिधाबाट बञ्चित सर्बसाधारणलाई लायन्स सदस्यहरुमार्फ़त स्वास्थ्य, शिक्षा, वातावरण, जनचेतना अभिबृद्धी सामाजीक जागरण ल्याउने खालका कार्ययोजनाहरु सञ्चालन गर्दै आईरहेको छ 

बिश्वका २१२ मुलुकमा संगठन बिस्तार गरिसकेको बिश्वको सबैभन्दा ठूलो सामाजीक संस्थाका रुपमा स्थापित लायन्सका संस्थापक अमेरिकन नागरिक मेल्भिन जोन्स हुन भने नेपालमा पूर्व प्रधानमन्त्री मात्रिकाप्रसाद कोइरालाले सन् १९७१ मा आफ्नै अध्यक्षतामा लायन्स क्लव अफ बिराटनगरको स्थापना गरेका थिए निस्वार्थ मानबिय सेवा गर्ने उद्देश्यले स्थापना भएको सामाजिक संस्था लायन्स क्लब अफ अन्र्तराष्ट्रियमा १४ लाख बढी  नेपालमा करिब ५० हजार बढी लायन्स सदस्यहरु क्रियाशील छन

31Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected