15Shares

पोखरा । पोखरा महानगर ब्यवसाय प्रवद्र्धन केन्द्रद्धारा आयोजित पोखरा आइडिया मार्ट २०८१ तथा बुट क्याम्पमा सहभागी मध्ये अन्तिम प्रतिस्पर्धाका लागि १० वटा समुह छनौट भएका छन । छनौट भएका समुहमा डिभाइन डिस, इभालय टेक, ग्रीनोभेसन, नीटी, आवर सिटी इज जिरो वेस्ट, रेन्टल, टीम स्वीफ्ट वे, थिन क्लाइन्ट, ट्रेक गाइड कनेक्ट र ट्रफअपसाइकल रहेका छन ।
ब्यवसाय प्रवद्र्धन केन्द्रले जेठ ६ देखि ८ गते सम्म आयोजना गरेको पोखरा आइडिया मार्ट तथा बुट क्याम्पमा सहभागी १७ समुह मध्ये १० वटा समुह अन्तिम प्रस्तुतीका लागि छनौट भएको केन्द्रका प्रमुख कार्यकारी अधिकृत नवराज अधिकारीले जानकारी दिए । छनौट चरणमा पोखरा विश्व विद्यालयका बलराम भट्टराइ, पोखरा महानगरपालिका नगर योजना आयोगका डा. होमनाथ गैरे, आइटी एक्सपर्ट सुशिसा बराल र एनएमबी बैंकका प्रोभिन्स म्यानेजर सुदिप पौडेलले निणर्ायकको भुमिका निभाएका थिए । आइडिया मार्टमा ३५ समुहले आवेदन प्रस्तुत गरेका थिए ।
अन्तिम प्रतिस्पर्धा मार्फत प्रथम हुनेले नगद ५० हजार, दोश्रो हुनेले नगद ४० हजार, तेश्रो हुनेले ३० हजार र शान्तवना स्थान हासिल गर्नेले २० हजार प्राप्त गर्नेछन । अन्तिम प्रतिस्पर्धामा पर्न सफल समुहले आगामी जेठ १८ गते शुक्रबार दिउसो १ बजे भित्र ब्यवसाय प्रवद्र्धन केन्द्र पोखरा महानगरको कार्यालयमा सम्पर्क गर्न समेत प्रमुख कार्यकारी अधिकृत अधिकारीले जानकारी दिए । अन्तिम प्रतिस्पर्धा जेठ २० गते हुने समेत अधिकारीले जानकारी दिए

15Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected