1Shares

पोखरा । पोलियो भाइरसबाट हुने सङ्क्रामक रोग पोलियोमाईलाईटिस विरुद्धको खोप अभियान २०८१ सञ्चालन गरिने भएको छ । यो अभियान राष्ट्रिय रूपमा यही जेठ १३ गतदेखि २६ गतेसम्म देशभर एकैसाथ सञ्चालन गरिने छ ।

अभियानमा २०७३ साल वैशाख देखि २०७५ साल आश्विन सम्म जन्मिएका बालकालिकाहरुलाई लक्षित गरिएको छ । यस अवधिमा जन्मिएका १४ लाख ६२ हजार ७१२ लाई पोलियोमाईलाईटिस विरुद्धको खोप लगाउने लक्ष्य लिइएको छ । त्यस अवधिमा खोप आपूर्ति नभएपछि छुट भएका यी बालबालिकाहरूलाई खोप लगाउने लक्ष्य लिइएको हो ।

विश्वव्यापी रूपमा सन् २०२६ सम्म विश्वबाट नै पोलियो उन्मुलन गर्ने लक्ष्य लिइएको छ । नेपालमा सन् २०१० पछि पोलियोको सङ्क्रमण देखिएको छैन ।

अभियानका क्रममा पोखरा महानगरपालिकाका २७ हजार ५ सय बालबालिकाहरूलाई खोप लगाइने छ । महानगरका खोपकेन्द्रहरु (४१३ विद्यालय) मा ४६० बढी स्वास्थ्यकर्मीहरू परिचालन गरिनेछ ।

1Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected