29Shares

जेठ १२, स्याङजा नेपाल ट्रेड युनियन कांग्रेस गण्डकी प्रदेशको चौथो विस्तारित बैठक विविध निर्णयहरु गरि सम्पन्न भएको  बैठकले प्रदेश समितिको सल्लाहकारमा इश्वर परियार, जित बहादुर गुरूङ, सकुन्तला शर्मा र सुवाश पौडेललाई मनोनित गरेको समितिको पहिलो बैठकले माधव बराललाई सल्लाहकारमा चयन गरेको थियो  

त्यस्तै, नेपाल ट्रेड युनियन कांग्रेस प्रदेश समिति गण्डकीमा भिमप्रसाद पगेनी (स्याङजा), भिम बहादुर कार्की (तनहुँ) साथै आमन्त्रित सदस्यमा कास्कीका गोविन्द अधिकारी  नवलपूरका झलक राज पौडेललाई सदस्यमा मनोनित गरिएको प्रदेश समितिका सचिव रूद्र तिमिल्सिनाले जानकारी गराए बैठकले समिति अन्तर्गत रहेका विभिन्न बिभागलाई पूर्णता दिई गोरखा हुने पाँचौं बैठकमा अनुमोदनका लागि पेश गर्न विभागीय प्रमुखलाई निर्देशन समेत दिएको तिमिल्सिनाले बताए

बैठकमा सामाजिक गतिबिधि आगामी कार्यक्रम प्रशिक्षण प्रशिक्षक तालीमको आयोजना, छुटपुटका स्थानीय तहमा ट्रेड युनियनको संरचना गठन, महिला तथा युवाको क्षमता अभिवृद्धि कार्यक्रमलगायतका बिषयमा छलफल गरिएको ट्रेड यूनियन कांग्रेस गण्डकी प्रदेश अध्यक्ष मुरारी शर्माले बताए  बैठकमा आवद्व संघका अध्यक्ष विभिन्न जिल्लाका अध्यक्षहरूले आफ्ना माताहातमा भए गरेका गतिविधि प्रस्तुत गरेका थिए ।

सुक्रवार शनिवार स्याङजाको अर्जुन चौपारी गाउँपालिका, लामडाडाँस्थित होम स्टेमा सम्पन्न बैठक नेपाल ट्रेड युनियन कांग्रेस गण्डकी प्रदेशका अध्यक्ष मुरारी शर्माको अध्यक्षता युनियनका केन्द्रिय उपाध्यक्ष ललित श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको बैठकमा अर्का उपाध्यक्ष राजेश पालिखे, सहकोषाध्यक्ष रसमाया गुरूङ, युवा समितिका अध्यक्ष दीपेन्द्र सुनार, सचिव रूद्र तिमिल्सिना लगाएतले सामाजिक सुरक्षा न्यायका लागि ट्रेड युनियन अभियानका बारेमा भनाई सहित प्रशिक्षण गराएका थिए

नेपाल ट्रेड यूनियन कांग्रेस स्याङजा शाखाको आतिथ्यता रहेको कार्यक्रममा वालिङ नगरपालिकाका उपप्रमुख कविता तिवारी, अर्जुन चौपारी गाउँपालिका उपाध्यक्ष सपना गुरूङले संविधानले मौलिक हकको रूपमा सामाजिक सुरक्षालाई सुनिश्चित गरे बमोजिम योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयन लागु गर्न पालिका प्रतिबद्व रहेको भनाई व्यक्त गरेका थिए । बैठकमा उपस्थित प्रमुख अतिथि, अतिथि लगाएतलाई आतिथ्य शाखा स्याङजाका अध्यक्ष दुर्गा बहादुर रोका लगाएत कार्यसमितिले मायाको चिनोले सम्मान समेत गरेको थियो ।

29Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected