34Shares

पोखरा भ्यूज

२१ जेठ, अन्नपूर्ण कास्की । अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार-२०८१ नेपाल टेलिभिजनमा कार्यरत पत्रकार रविचन्द्र पराजुलीलाई अर्पण गरिएको । अन्नपूर्ण सेन्चुरी पर्यटन समितिद्वारा सञ्चालित यसवर्षको पुरस्कार पत्रकार पराजुलीलाई अर्पण गरिएको हो

पुरस्कारको राशि रु २५ हजार नगद, दोसल्ला सम्मानपत्र रहेको यो तेस्रो पुरस्कार हो । उनलाई समितिद्वारा आयोजित अन्नपूर्ण म्याराथन२०८१ को समापन समारोहमा कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका आर्थिक मामला मन्त्री डा. टकराज गुरूङ, अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका अध्यक्ष ललित गुरूङले पराजुलीलाई सो पुरस्कार प्रदान गरेका हुन्

अन्नपूर्ण गाउँपालिकाको पर्यटन प्रवद्र्धन गर्न सञ्चारमाध्यमबाट पर्यटन सम्बन्धी समाचार सम्प्रेषण गर्ने पत्रकारलाई वार्षिक रुपमा पुरस्कृत गरिदै आएको

नेपाल पत्रकार महासंघ कास्कीका पूर्वउपाध्यक्ष राजबहादुर गुरुङको संयोजकत्वमा सदस्यीय प्रतिभा छनौट समिति गठन गरेको थियो समितिमा पत्रकार एवं अधिवक्ता हरिप्रसाद भट्टराई, समितिका मिडिया संयोजक टंकराज अधिकारी, समितिका अध्यक्ष ललित गुरुङ महासचिव दिलीप पौडेल सदस्य रहेका थिए
प्रतिभा छनौट समितिका संयोजक राजबहादुर गुरुङले अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कारले आम सञ्चारकर्मीको हौसला थपेको बताउँदै पुरस्कृत प्रतिभाको थप हौसला अभिवृद्धि भई अन्नपूर्ण क्षेत्रको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्न सक्ने विश्वास व्यक्त गरे महोत्सव प्रचार संयोजक एवं प्रतिभा छनौट समितिका सदस्य टंकराज अधिकारीले पुरस्कृत प्रतिभाको व्यक्तितव कृतित्वको बारे गरे पुरस्कृत प्रतिभा रविचन्द्र पराजुलीले पुरस्कार प्राप्तिले आफ्नो दायित्व थपिएको बताउँदै भावी दिनमा अझ बढी समाचार लेख्न प्ररेणा मिल्ने बताए

पत्रकार पराजुली विगत २९ वर्षदेखि सुरूमा पोखरा हाल काठमांडौलाई कार्यक्षेत्र बनाएर पर्यटन लगायतका विभिन्न क्षेत्रमा कलम चलाउँदै आएका छन्

34Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected