1Shares

पोखरा भ्यूज
पोखरा, २७ जेठ । गाउँ पर्यटन प्रवद्र्धन मञ्च(भिटोफ) गण्डकी प्रदेशको आयोजना एवम् जीवीकोपार्जन पुनरुत्थानका लागि दीगो पर्यटन परियोजना (कतचिउ)को सहयोगमा यही जेठ २४ गतेदेखि २६ गतेसम्म आवाशीय गाउँले गाइड तालिम सम्पन्न भएको छ ।
गण्डकी प्रदेश अन्तर्गतका विभिन्न जिल्लाको प्रतिनिधित्व हुने गरी माउन्ट कैलाश रिसोर्टमा सम्पन्न तालिममा ३१ जनाको सहभागिता रहेको भिटोफ गण्डकीका अध्यक्ष शोभा कुमारी अधिकारी (सापकोटा)ले जानकारी दिइन् । गाउँ पर्यटनको प्रभावकारिता अभिबृद्धिका लागि गाउँले गाइड तालिम आवश्यक महसुस गर्दै तालिम गराइएको उनले बताए ।
तालिममा डा. रामजी शर्मा, दीपेन्द्र पहारी, टीकाराम सापकोटा, सरस्वती गौतम, तारानाथ पहारी लगायतले प्रशिक्षण दिएका थिए ।
तालिमको समापन समारोहमा पोखरा पर्यटन परिषद्का का.वा.अध्यक्ष कृष्ण भण्डारीले यस किसिमको तालिमले गाउँ पर्यटनको विकासमा विशिष्ट योगदान गर्ने बताए ।
भिटोफ गण्डकीका सल्लाकार गणेशबहादुर भट्टराईले तालिमका उपलब्धिलाई व्यवहारमा उतार्न आग्रह गरे ।
भिटोफ गण्डकीका अध्यक्ष शोभाकुमारी अधिकारी सापकोटाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रशिक्षक डा. रामजी शर्मा, होटेल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी, टान गण्डकीका उपाध्यक्ष कृष्ण आचार्य, भिटोफ गण्डकीका संस्थापक अध्यक्ष तारानाथ पहारी, दीगो पर्यटन परियोजना (कतचिउ)का नेशनल प्रोजेक्ट कोअर्डीनेटर श्रद्धा श्रेष्ठ, प्रोजेक्ट म्यानेजर धर्म दवाडी, भिटोफ गण्डकीका सचिव लक्ष्मण सुवेदी, प्रशिक्षार्थी चुडामणि छन्त्याल लगायतले बोलेका थिए ।

1Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected