19Shares

पोखरा भ्यूज
पोखरा, जेठ २७ गते । पोखरा महानगरका न्यायिक समितिले नागरिक, श्रमिक, विद्यार्थीहरुलाईन्यायिक समितिका बारेमा जानकारी गराउने उद्देश्यले प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ ।
पोखरा महानगरपालिकाको न्यायिक समितिको संबैधानिक ब्यवस्था, गठन प्रक्रिया र अधिकार क्षेत्रका बारेमा जानकारी गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको महानगर न्यायिक समितिले जनाएको छ । विभिन्न संघसंस्थाहरुसंग मिलेर कार्यक्रम सञ्चालन गरिहेको छ ।
“न्यायिक समितिसंग विद्यार्थी” कार्यक्रम अन्र्तगत आइतबार महानगर न्यायिक समितिको सहयोगमा प्रेस क्लब गण्डकीको आयोजनामा पोखराको सिमलचौरमा रहेको कन्या क्याम्पसमा अध्ययनरत छात्राहरुलाई न्यायिक समितिको बारेमा जानकारी गराइएको छ । स्थानीय सरकारको न्यायपालिकाको रुपमा रहेको न्यायिक समितिको व्यवस्था र यसले निरुपण गर्ने विवादका विषयमा सचेतना जगाउने उद्देश्यले बार्षिक कार्यक्रममा समावेश गरिएको पोखरा महानगरका उपप्रमुख एवं न्यायिक समिति संयोजक मञ्जुदेवी गुरुङले बताइन् ।

कार्यक्रमको उद्घाटन गर्दै उपप्रमुख गुरुङले स्थानीय तहका विवाद स्थानीय तहबाटै समाधान गर्ने उद्देश्यले न्यायिक समितिको परिकल्पना संविधानमा गरिएकाले नागरिकलाई  यसको बारेमा जानकारी गराउन वार्षिक कार्यक्रममा समावेश गरेर सञ्चालन गरिएको बताइन् । स्थानी तहमा सृजना भएका विवादलाई स्थानीय स्तरमा समाधानका लागि न्यायिक समिति गठन गरिएको उनले बताइन् । “स्थानीय विवादहरु अदालत पुग्ने अवस्थाले समय र पैशा दुवै खर्च हुने भएकाले सहज रुपमा न्याय पाउने उद्देश्यले उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय न्यायिक समितिको ब्यवस्था गरिएको हो ।”

नागरिकले सहज र सरल रुपमा न्याय पाउन भन्ने उदेश्य र स्थानीय तहका  विवादहरु अदालतसम्म पुग्नुपर्ने अवस्था नआओस भन्नका लागि न्यायिक समितिको परिकल्पना गरिएको बताउदै उनले भनिन्, “समय र पैशाको बचतका लागि र स्थानीय विवाद मेलमिलाप मार्फत समाधान गर्ने उद्देश्यले न्यायिक समितिको व्यवस्था गरिएको हो ।यसका बारेमा महानगरका नागरिकले जानकारी पाउनुपर्छ भन्ने मान्यताले कार्यक्रम सञ्चालन गरिएको हो ।”
पोखरा महानगरपालिका वडा नम्वर ८ का अध्यक्ष रुद्रनाथ बरालले पोखरा महानगरपालिका न्यायिक समितिले उत्कृष्ट रुपमा न्याय सम्पादनको काम गरिहेको बताउदै आफनो काम, कर्तब्य र अधिकारका बारेमा जानकारी गराउदाँ नागरिकमा प्रचार हुने बताए ।
कार्यक्रममा जनप्रिय क्याम्पस संचालक समितिका अध्यक्ष विरेन्द्रनारायण विजुक्छे, जनप्रियका निमित्त क्याम्पस प्रमुख रमेशबहादुर खड्का, प्रेस क्लब गण्डकीका सचिव गौरब त्रिपाठी, कोषाध्यक्ष राजु गिरी लगायतले न्यायिक समितिका बारेमा भनाई राखेका थिए । कार्यक्रममा न्यायिक समिति सदस्य कालिदास पोखरेलले न्यायिक समितिको गठन प्रक्रिया, न्यायिक समिति सदस्य रजनी परियारले अधिकार क्षेत्र र न्यायिक समितिका मेलमिलाप सहजकर्ता सोम लम्सालले मेलमिलापकर्ता सुचिकृृतको प्रक्रिया, आचारण र योग्यताको  बारेमा लागि आवश्यक योग्यता बारेमा प्रशिक्षण दिएका थिए ।कार्यक्रम प्रेस क्लब गण्डकीका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको थियो ।

19Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected