२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
खबर

प्रेस युनियन गण्डकीले लगायो महासंघमा ताला

पोखरा, १५ असार । नेपाल पत्रकार महासंघले विधि र प्रकिया मिच्दै क्रियाशील पत्रकार हटाएको र गैर पत्रकारलाई मतदाता नामावलीमा समावेश गरेको भन्‍दै नेपाल प्रेस युनियन गण्डकी प्रदेशले महासंघको गण्डकी प्रदेश कार्यालयमा तालाबन्दी गरेको छ ।

नेपाल पत्रकार महासंघको निर्वाचनको संघारमा नेपाल प्रेस युनियन गण्डकीले कास्कीस्थित नेपाल पत्रकार महासंघ गण्डकीको कार्यालयमा ताला लगाएको हो ।

पत्रकारको शुद्धीकरण र नयाँ सदस्यता वितरणको बिषयमा असमति जनाउँदै युनियनले यी दुवै कार्यालयमा तालाबन्दी गर्नु परेको हो । तालाबन्दी गर्नु अघि युनियनका महासचिव प्रकाश ढकालले एक विज्ञप्ति प्रकाशित गरी युनियका मागसहित धारणा सार्वजनिक गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘महासंघले सदस्यता वितरणमा अलोकतान्त्रिक निर्णय गरेको युनियनको आरोप छ । सदस्यताको सुरुआत र किनारा लगाउने वैधानिक विधि हुँदा हुँदै जिल्ला र प्रदेशको सिफारिसलाई समेत लत्याएर केन्द्रले एकपक्षीय ढंगबाट सदस्यता वितरण गर्दा क्रियाशील पत्रकारलाई अन्याय भएको हाम्रो ठहर छ ।’

युनियनले अहिले सदस्यता वितरणमा देखिएको विवालका सम्बन्धमा भएका मिहीन ढंगबाट छानविन गर्न माग गरेको छ । महासंघ विधान अनुसार चल्दैन भने कानूनी प्रक्रियामा जान बाध्य हुने युनियनले चेतावनी दिएको छ ।

महासंघको निर्वाचन घोषणा गरेर प्रक्रिया सुरु भइसकेको छ । निर्वाचनका लागि महासंघको निर्वाचन समितिले मतदाता पत्रकारका अन्तिम नामावलीसमेत प्रकाशत गरिसकेको अवस्था छ । युनियनको यो आन्दोलनसँगै महासंघको निर्वाचन फेरि पनि प्रभावित हुने सम्भावना बढेको छ । महासंघले असार २२ गतेका लागि निर्वाचनको मिति तोकेको छ ।

युनियनद्वारा जारी विज्ञप्ति

नेपाल पत्रकार महासंघको सदस्यता वितरणमा केन्द्रीय समितिले गरेको अलोकतान्त्रिक निर्णयप्रति नेपाल प्रेस युनियन गण्डकीको ध्यानाकर्षण भएको छ । सदस्यताको सुरुआत र किनारा लगाउने बैधानिक विधि हुँदाहुँदै जिल्ला र प्रदेशको सिफारिसलाई समेत लत्याएर केन्द्रले एकपक्षीय ढंगबाट सदस्यता वितरण गर्दा क्रियाशील पत्रकारहरुलाई अन्याय भएको हाम्रो ठहर छ । (नयाँ र पूराना दुवै)

१. सुर्खेत साधारणसभाबाट सदस्यता शुद्धिकरणको अभियान सञ्चालन गरिएकोमा उक्त अभियानप्रति आज पनि नेपाल प्रेस युनियनको पूर्ण समर्थन र साथ छ । तर मापदण्ड र सदस्यता वितरणमा कतैपनि तादम्यता नमिलेपछि पटक पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराइएकोमा कतैबाट सुनुवाई भएन । जिल्लाबाटै सिफारिस नभएका व्यक्तिले सदस्यता पाउने वैध आधार के हो ?

२. कुनै जिल्लाले एक वर्षअघि नै नयाँ सदस्यताको सिफारिस गर्दा सदस्यता नपाउने तर कतै चाहिँ जिल्लाले सिफारिस नै नगरेको व्यक्तिलाई निर्वाचनको सम्मुखमा सदस्यता दिने मापदण्ड के हो ? पत्रकार महासंघको सदस्यता पत्रकारिता गर्ने व्यक्तिले पाउने हो कि कुनै अमुक संगठनमा आवद्ध भएपछि पाउने हो ? एउटै मापदण्डमा कसैलाई सदस्यता दिने कसैलाई नदिने कुन विधि हो ?

३. गण्डकीका मनाङ र मुस्ताङ जिल्लाको सदस्यता शुद्धीकरणपछि शाखाको अस्तित्व समाप्त भएको छ । ति जिल्लामा शाखा रहने हो कि होइन ? उनीहरुले मतदान कहाँबाट गर्ने हो ? कसलाई गर्ने हो ? स्पष्ट जवाफ दिनु पर्छ कि पर्दैन ?

४. अहिले सदस्यता वितरणमा जुन विवाद भैरहेको छ यसको कारण के हो ? विवादको सिर्जना कहाँबाट भयो ? कसका कारणले भयो ? नेपाल प्रेस युनियन गण्डकी यसको मिहीन ढंगबाट छानविनको माग गर्दछ । सदस्यता वितरणको विवाद नटुंग्याई निर्वाचन तालिका सार्वजनिक गरिएकोमा हाम्रो गम्भीर असहमति छ । यदि विधान अनुसार महासंघ चल्दैन भने कानूनी प्रक्रियामा जान बाध्य हुनेछौं ।

अन्तमाः लोकतन्त्रवाद र पत्रकारवादको पक्षमा नेपाल प्रेस युनियन सदैव जिम्मेवार छ । त्यो जिम्मेवारी पूरा गर्न हामी तयार छौं ।आवश्यक वातावरण सिर्जना गर्न सम्बन्धित पक्षसँग अपिल पनि गर्दछौं । सदस्यता निगाह होइन, अधिकार हो । महासंघको जिम्मेवार पदमा रहेकालाई हेक्का होस् । यसर्थ, माथि उठान गरिएका प्रश्नहरुको वैधानिक जवाफ विना महासंघको निर्वाचन प्रक्रिया अघि बढ्न नसक्ने सम्बन्धित सबैमा जानकारी गराइन्छ । जवरजस्ती गर्न खोजिए त्यसबाट सिर्जना हुने परिस्थितिको जिम्मेवार स्वयं महासंघ हुनेछ । (प्रकाश ढकाल-महासचिव)

Read more

पोखरामा मंसिर ५ र ६ गते कांग्रेस गण्डकीको दोस्रो अधिवेशन, देउवाले उद्घाटन गर्ने

१ हजार ६ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदै, अधिवेशनका लागि २५ लाख खर्च अनुमान पोखरा, कात्तिक २७ । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको दोस्रो अधिवेशन आगामी…

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…