0Shares

पोखरा भ्यूज
काठमाडौँ । संविधान संशोधनको एजेण्डा राष्ट्रिय सहमतिको सकार गठन गर्न संसद्का दुई ठूला दल कांग्रेस र एमालेबीच समझदारी भएको छ । लामो गृहकार्यपछि दुई दलका शीर्षस्थ नेता केपी शर्मा ओली र शेरबहादुर देउवाले सोमबार मध्यराति सवा १२ बजे सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालबाट धोखा पाएका दुवै दल एक ठाउँमा आएपछि प्रचण्ड नेतृत्वको सरकार विघटनको संघारमा पुगेको छ ।

मध्यरातमा दुई दलबीच भएको सझदारी अनुसार पहिलो चरणमा एमाले अध्यक्ष ओलीले सरकारको नेतृत्व गर्नेछन् भने दोस्रो चरणमा डेढ वर्षपछि कांग्रेस सभापति देउवा प्रधानमन्त्री बन्नेछन् ।

दुई दलको समझदारीमा निर्वाचन प्रणालीलगायतका विषयमा संविधान संशोधन गर्न सुझाव आयोग गठन गरी आयोगले दिने सुझावका आधारमा संविधान संशोधनमा जाने र निर्वाचन प्रणाली सुधार गरी राजनीतिक स्थितिरतामा कायम राख्ने उल्लेख छ ।

सरकारको नेतृत्व गर्ने एमालेले अर्थसहित ९ र कांग्रेसले गृहसहित १० मन्त्रालय लिने प्रारम्भिक समझदारी छ । तर, राष्ट्रिय सहमतिकै सरकार बनाउने प्रयास भएकाले मन्त्रालयको संख्या तलमाथि हुन सक्ने पनि नेताहरुले बताएका छन् ।

उद्यमी रामेशवर थापाको निवासमा दुई शीर्ष नेताबीच नयाँ सत्ता समिकरणमा हस्ताक्षर हुँदा एमाले नेता शंकर पोखरेल र काँग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्की समेत उपस्थित रहेका थिए ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected