46Shares

टंकराज अधिकारी  लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालले लायन्स पाठशाला संचालनमा ल्याएको पोखरा, नयाँबजारस्थित नवप्रभात माध्यमिक बिधालयमा सामान्य ज्याला मदजुरी गरी जिवन यापन गर्दै आएका लक्षित वर्ग वा समूहका विद्यार्थीहरुलाई स्कूल समय पछिको समयलाई सदुपयोग गराउने उद्देश्यले लायन्स पाठशाला संचालनमा ल्याएको हो

मंगलवार लायन्स पाठशालाको उद्घाटन गर्दै लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर बिनोद ढुंगानाले न्यून आए भएका बालबालिकाको शैक्षिक गुणस्तर अभिवृद्धि गरी उनीहरुको भौतिक तथा शैक्षिकपक्षको विकास गर्ने उद्देश्यले लायन्स पाठशाला संचालनमा ल्याईएको बताए । सो अवसरमा गभर्नर बिनोद ढुंगानाले बिधालय व्यवस्थापन समितिका अध्यक्ष प्रीति पाण्डे र बिधालयका प्रधानाध्यापक माया थापालाई लायन्स पाठशाला संचालन कार्यबिधि पनि हस्तान्तरण गरेका थिए ।

लायन्स पाठशालामा बिदाको दिनबाहेक बिधालय समय सकिएपछि दैनिक करिब घण्टाको पढ़ाई हुनेछ भने यसबीचमा विद्यार्थीलाई खेल्ने खाजा खाने समय समेत सोही समयभित्र व्यवस्थापन गरिनेछ  लायन्स पाठशाला संचालनमा आवश्यक शैक्षिक सामग्री लायन्सले नै निःशुल्क रुपमा उपलब्ध गराउने छ 

गभर्नर ढुंगानाले भने, डिष्ट्रिक्टले यस वर्ष अगाडि सारेको महत्वपूर्ण काम हो, ‘लायन्स पाठशाला लायन्स अन्तर्राष्ट्रियले सुरुदेख़ि अन्धोपन निवारण लगाएत विविध क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आएको नेपालको सन्दर्भमा लायन्समा युवालाई जोडी लायन्सलाई ब्राण्डिङ गर्ने साँचो अर्थमा सामाजिक सेवा पनि हुने हिसाबले लायन्स पाठशाला शुरु गरेका हौं उनले भनेपढ़न पर्छ, पढ़ाउन पर्छ भन्ने चेतना हुदाहुदै पनि न्यून आम्दानीका कारण सामान्य पढ़न पाठनमा समेत अवरोध सृजना हुने कक्षा देख़ि सम्म सामुदायिक एवं सरकारी विद्यालयमा अध्ययन गर्ने बिधार्थी जो स्कूल समय पश्चात घर नगई बाबुआमाले काम गर्ने ठाउँमा गई समय बिताउँछन् तिनैलाई लक्षित गरी पढ़नु पर्छ, गृहकार्य गर्नुपर्छ भन्ने चेतना जगाउन स्कूल समय पश्चात दुई घण्टा कक्षा संचालन गरिने

गभर्नर ढुंगानाले विपन्न तथा लक्षित वर्गका विद्यार्थीहरुको शैक्षिक गुणस्तर अभिवृद्धि, समतामूल शिक्षामा लक्षित समूहका बालबालिकाहरुको सहज पहुँचको आधार तयार गर्ने उद्देश्यले लायन्स पाठशाला कार्यक्रम ल्याईएको बताए

लायन्स पाठशाला संचालन कार्यक्रमका संयोजक एवं डिष्ट्रिक्ट कोचिफ एडभाईजर शान्ता थापाले विद्यार्थीहरुको छनौट प्रक्रियाका बारे जानकारी गराएकी थिईन् उनका अनुसार विद्यार्थीहरु जो नियमितरुपमा विद्यालयमा हाज़िरी भएको हुनुपर्नेलायन्स पाठशालाले लक्षित विद्यार्थीहरुका लागि आवेदन दिनका लागि सार्वजनिक सूचना प्रकाशित गर्ने, तोकिएको आधारहरु पूरा गरेका विद्यार्थीले तोकिएको समयभित्र सम्बन्धित विद्यालयको सफारिसपत्र सहित आवेदन दिनुपर्ने लगाएतका विषय राखिएको बताईन् 

लायन्सको तर्फबाट लायन्स पाठशाला सञ्चालनका लागि तालिम प्राप्त दक्ष शिक्षकहरुको व्यवस्था, शिक्षण सिकाई प्रक्रिया अपनाउँदा आधुनिक शिक्षण विधि प्रविधिसहितको शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गरिने, शिक्षण सिकाईका लागि आवश्यक पर्ने उपर्युक्त पर्याप्त सिकाई सामग्रीको समेत व्यवस्था, नियमित विद्यालयको छुट्टिलगत्तै कक्षा सञ्चालन गरिने लगाएतका रहेका छन् 

संयोजक थापाले लायन्स पाठशाला सञ्चालनका लागि विभिन्न क्लब लायन्स साथीहरुबाट सहयोग प्राप्तहुने अपेक्षा समेत राखेकी थिईन् । पहिलो चरण अन्तर्गत लायन्स पाठशालामा ३० देख़ि ३५ जना बिधार्थी समावेश गराइने र उनिहरूको लागि खाजा, स्टेशनरी र दुई घण्टाका लागि शिक्षक खटाउदा र बिदाको समय कटाउदा करिव चार लाख खर्च आउँने अनुमान गरिएको थापाले जानकारी गराईन् । 

‘लायन्स पाठशाला’ डिष्ट्रिक्ट गभर्नर प्रोग्राम चेयरपर्सन शान्ती अधिकारीको अध्यक्षता ग्लोबल कजेज चेयरपर्सन कमला गुरूङको संचालन रहेको कार्यक्रममा पूर्व डिष्ट्रिक्ट गभर्नर रामबहादुर बसेलले दीर्घकालीन रुपमा प्रभावपार्ने काम डिष्ट्रिक्ट गभर्नरले ल्याएकोमा धन्यवाद दिदैं कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरेका थिए । लक्षित वर्गलाई राहत पुग्ने खालको गरीबी तथा अन्य विविध कारणले विद्यालय जानबाट बञ्चित भएका बालबालिकाहरु शिक्षाबाट बञ्चित हुन नपरोस भन्ने उद्देश्यका साथ यो अभियान अगाडि बढाएकोमा गभर्नरको प्रशंसा गरेका थिए

कार्यक्रममा बिधालय व्यवस्थापन समितिका अध्यक्ष प्रीति पाण्डेले बिधालयका गतिबिधि बारे प्रकाश पार्दैं लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालले सहि बिधालय छनोट गरेको बताएकी थिईन् लायन्सले खोजे जस्तै लक्षित वर्गका बिधार्थी यस बिधालयमा रहेको र बिधालय छनोट गरेकोमा आभारसहित धन्यवाद व्यक्त गर्दै बिधालयको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्वता व्यक्त गरिन् 

बिधालयमा अध्ययन गर्ने बिधार्थीका अभिभावक मनकुमारी बुढा, शशिराम विक, सीता गुरुङ लगाएतले स्कूल छुट्टी भएपछि बालबच्चा कहाँ जान्छन् के गर्छन भन्ने पिरलो हटाएको बजे पछिको दुई घण्टामा २० बोरा बालुवा चाल्न बोक्न पाईने भयो भनि ख़ुशी व्यक्त गरेका थिए

46Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected