0Shares

पोखरा भ्यूज
काठमाडौं । प्रधानमन्त्री पुष्पकोमल दाहाल प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको छ । सत्ता साझेदारमध्येको सबैभन्दा ठूलो दल नेकपा एमाले सत्ताबाट बाहिरिने निर्णय लिएसँगै प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको हो ।

पार्टीको निर्णय अनुसार केहीबेर अघि एमालेबाट सरकारमा सहभागी आठ जना मन्त्रीहरुले प्रधानमन्त्री प्रचण्डसमक्ष राजीनामा दिएका छन् । अब प्रधानमन्त्रीले ३० दिनभित्र सदनमा विश्वासको मत लिनुपर्ने हुन्छ । यदि विश्वासको मत नलिने भएमा पदबाट राजीनमा समेत दिन सक्नेछन् । यद्यपि प्रधानमन्त्री प्रचण्डले सहजै राजीनमा नदिने र संविधानले दिएको सुविधा उपयोग गर्ने रणनीति बनाएको छ ।

चार महिनाअघि प्रमुख सत्ता साझेदारकारुपमा प्रचण्ड नेतृत्वको सरकारमा सहभागी भएको एमाले अहिले आफ्नै नेतृत्वमा सरकार बनाउने तयारीसहित सरकारबाट बाहिरिएको हो । कांग्रेस र एमालेबीच सोमबार राति आलोपालो सरकारको नतृत्व गर्ने सहमतिसहित गठबन्धन गर्ने सहमति भएको थियो ।

मौजुदा सरकारमा एमालेबाट आठ जना मन्त्री थिए । उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी , कृषिमन्त्री ज्वालाकुमारी साह, भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी, उद्योगमन्त्री दामोदर भण्डारी, महिलामन्त्री भगवती चौधरी, खानेपानी मन्त्री राजेन्द्र राई र रक्षामन्त्री हरिप्रसाद उप्रेतीले राजीनामा दिएका हुन् ।

 

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected