पोखरा । पोखराका ५ वटा लायन्स क्लबको संयुक्त पदस्थापन समारोह सम्पन्न भएको छ । विहिवार होटल निवास लेकसाईड पोखरामा पदस्थापन समारोहमा पदस्थापित हुने क्लब, लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपाल क्लस्टर ४ रिजन ४ जोन १४ अन्तर्गत क्लबहरु लायन्स क्लब अफ पोखरा ग्लोबल लेक सिटी, पोखरा हेरिटेज, पोखरा सानिमा, पोखरा उद्यमी र पोखरा एभरेस्टका क्लब पदाधिकारी रहेका छन् ।
लायन्स क्लब पोखरा पोखरा हेरिटेजका लायन बर्ष २०२३/२४ का अध्यक्ष श्याम गुरूङ र लायन्स क्लब अफ पोखरा ग्लोबल लेक सिटीका २०२४/२५ का अध्यक्ष गौतम आचार्यले अध्यक्षता गरी दुई चरणमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि तथा पदस्थापन अधिकृत लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर बिनोद ढुगानाले ५ वटै क्लबका अध्यक्ष एवं पदाधिकारीलाई पदस्थापित गराएका थिए भने डिष्ट्रिक्टका द्वितीय भाईस डिष्ट्रिक्ट गभर्नर सूर्य कुमार केसीले नयाँ सदस्यलाई लायनवाद सम्बन्धि जानकारीसहित पद तथा गोपनियताको सपथ गराएका थिए ।
समारोहमा पोखरा हेरिटेजबाट स्पोन्सर गरिएका क्लबहरू सानिमा र उद्यमीको क्लब चार्टर हस्तान्तरण गरिएको थियो भने पोखरा हेरिटेजले नयाँ क्लब काठमांडौ हेरिटेजको ब्यानर उद्घाटन गरेको थियो ।
कार्यक्रममा हिमाली सांस्कृतिक परिवारले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरी समारोह रोमान्चित बनाएका थिए ।
समारोहमा बर्ष २०२३/२४ का अध्यक्षहरू लायन्स क्लब अफ पोखरा ग्लोबल लेक सिटीका रेशमलाल श्रेष्ठ, पोखरा हेरिटेज श्याम गुरूङ, पोखरा सानिमा हिमालदेवी गुरूङ, पोखरा उद्यमीका जिवन लामाले आ–आफ्ना कार्यकालका गतिवधि सहितका प्रतिवेदन र २०२३/२४ का लागि पदस्थापित अध्यक्षहरु क्रमशः गौतम आचार्य, हरि केसी, हिमालदेवी गुरूङ, जिवन लामा र नयाँ क्लब पोखरा एभरेस्टका ज्ञानेन्द्र गौतमले कार्यकाल सुरूभएदेख़ि हालसम्म सम्पादन गरिएका कार्य र भावी कार्यक्रम प्रस्तुत गरेका थिए ।
पदस्थापन समारोहमा बोल्दै प्रमुख अतिथि डिष्ट्रिक्ट गभर्नर बिनोद ढुगानाले बर्षको कार्यकाल उत्कृष्ट ढंगले अघि बढ़ेको बताउदै जुनको अन्तसम्म यहि उत्साह र जाँगरका साथ रहिरहने अपेक्षा गरेका थिए ।
समारोहमा निवर्तमान डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसी र पूर्व डिष्ट्रिक्ट गभर्नर रामबहादुर बसेलले डिष्ट्रिक्ट ३२५ आई दोस्रो हुन जान्दैन यो स्थिति क़ायम राखिराख्न सम्पूर्ण लायन्स सदस्यलाई आव्हान गरेका थिए ।
ग्लोबल लेकसिटीका सचिव नवराज पौडेल हेरिटेजका सचिव चिन्तामणि खरेलको संचालन रहेको कार्यक्रममा हेरिटेजका पूर्व अध्यक्ष एवं डिजी प्रोग्राम चेयरपर्सन सोनी तामाङले स्वागत मन्तव्य र ग्लोबल लेकसिटीका पूर्व अध्यक्ष एवं ग्लोबल कजेज चेयरपर्सन गंगाविलास लोहनीले धन्यवाद ज्ञापन गरेका थिए ।