२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
खबर

श्रीमदवीतकमा सहयोग रकम आउने क्रम जारी,

पोखरा । पोखराको रत्नचोकमा जारी श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचनमा भक्तजनको भीड संगै विभिन्न संघ संस्था तथा ब्याक्तिहरुको सहयोग आउने क्रम जारी रहेको छ । गत साउन १० गते बाट सुरु भएको एक महिने श्रीमदवीतक चर्चाको २४ औ दिन समाजसेवी डब्लू टू गम बहादुर गुरुङले ५० हजार, डीज्नील्याण्ड एकेडेमी पोखरा ७ बाट २५ हजार ५ सय ५५, चिउलीपार्चे तमु समाज पोखरा १२ बाट २५ हजार, विन्दबासिनी धार्मिक क्षेत्र बिकास समितीका अध्यक्ष तथा वरिष्ठ उद्योगपति गणेश बहादुुर श्रेष्ठका श्रीमती प्रभा श्रेष्ठबाट २५ हजार, पशुपति क्षेत्र दिदीबहिनी समुहबाट ११ हजार १ सय ११, चिउली पार्चे तमु समाज आमा समिति पोखरा १२ बाट ९ हजार ७ सय ८५, पुतली लम्सालबाट ५ हजार, चालिसे दिदीबहिनी समुहकी अध्यक्ष शारदा चालिसेबाट ४ हजार ५५ रुपैया सहयोग प्राप्त भएको हो ।

शनिवार श्रीमदवीतक चर्चामा पुुगेका विन्दबासिनी धार्मिक बिकास समितिका अध्यक्ष तथा वरिष्ठ उद्योगपति गणेश बहादुर श्रेष्ठले पोखरामा रहेका धार्मिक संघ संस्थाहरुले विन्दवासिनी धार्मिक बिकास क्षेत्रको सिको गर्नुपर्नेमा जोड दिए । विन्दवासिनी धार्मिक बिकास समितिले शिक्षा र स्वास्थ्यमा काम गर्दै आइरहेको वताउदै प्रत्येक वर्ष सय जना विद्यार्थीलाई निशुल्क शिक्षा र प्रत्येक दिन सय जना विरामीलाई उपचार गराउदै आएको वताउदै श्रेष्ठले यसको सिको अन्य धार्मिक संघ संस्थाहरुले समेत गर्नुपर्नेमा जोड दिए । पोखराको रत्नचोकमा रहेको श्रीकृष्ण प्रणामी मन्दिरमा अन्तराष्ट्रिय श्रीमदभागवत भाष्कर परम पुज्य सन्त श्री रोहितराज महाराजको प्रवचन सुन्न पाउदा निकै खुसी लागेको वताउदै श्रेष्ठले विन्दबासिनी धार्मिक क्षेत्रमा समेत महाराजलाई निमन्त्रणा गरे ।

सो अवसरमा प्रवचन प्रदान गर्दै श्रीमदभागवत भाष्कर रोहितराज महाराजले धर्म फरक फरक भएतापनि सम्पूणर् धर्मको सार एउटै हुने वताउदै संत्कर्मका लागि धर्मको अनुसरण आवश्यक रहेको वताए । चिउलीपार्चे तमु समाजका अध्यक्ष क्या. शमशेर गुरुङले श्रीकृष्ण प्रणामी मन्दिर संग सग सहकार्य गर्न पाउदा खुसी लागेको वताउदै आगामी दिनमा पनि आफ्नो संस्थाबाट हुने सहयोगलाई निरन्तरता दिने बताए । सो अवसरमा बाइजुराज सिक्कीमकी अध्यक्ष पूणर्िमा तिवारी, समाजसेवी मोती गिरी लगायतले शुुभकामना राखेको संस्थाका सचिव लक्ष्मण बरालले जानकारी दिए ।

शनिवार चिउलीपार्चे तमु समाज आमा समितिको अध्यक्ष लोक कुमारी गुरुङ, समाजसेवी दीपक शर्मा, सिङ्गतान श्रीकृष्ण प्रणामी प्रणामी मन्दिर संचालक समितिका अध्यक्ष साबित्री क्षेत्री, सिङ्गतान श्रीकृष्ण प्रणामी प्रणामी मन्दिर संचालक समितिका सचिव सुजता गुरुङ, चिउली पार्चे तमु समाज आमा समितिका संस्थापक अध्यक्ष कणर्ेलनी पदम शोभा गुरुङ, चिउली पार्चे तमु समाजका सल्लाहकार खिम कुमार गुरुङ, चिउली पार्चे तमु समाजका द्धितिय उपाध्यक्ष एक प्रसाद गुरुङ, सचिव कणर् बहादुर गुरुङ, कोषाध्यक्ष पोम बहादुर गुरुङ, सह कोषाध्यक्ष मेन सुवा गुरुङ, सल्लाहकार मनमाया गुरुङ, पशुपति क्षेत्र दिदीबहिनी समुहका अध्यक्ष भगवती पौडेल, डीज्नील्याण्ड एकेडेमीका प्राचार्य नरेश प्रसाद बराल, पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष शुरेस कुमार राजभण्डारी, सत्यसाइ केन्द्र पोखरा ८ का अध्यक्ष कमला भट्टराई, बाइजुराज महिला समितिका अध्यक्ष विष्णु पराजुली, युवा परिषद अध्यक्ष तोयनाथ सापकोटा, जिल्ला सचिव कृष्ण प्रसाद ढुंगाना लगायतको उपस्थिती रहेको कार्यक्रम संयोजक पुरुषोत्तम रेग्मीले जानकारी दिए ।

भदौ १० गते श्रीकृष्ण अष्टमी सम्म सञ्चालन हुने श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचनमा श्रीकृष्ण प्रणामी धर्मका धर्म प्रचारक तुलसी स्वरुप महाराज र लिलाम्बर सापकोटाले उपबाचकको रुपमा प्रवचन प्रदान गरिरहेका छनभने भजन संगीतमा संगीतकार बालकृष्ण आचार्य र तवेलामा सुजन बन्जराले साथ दिइरहेका छन ।

कार्यक्रममा सहभागीहरुलाई धन्यवाद ब्यक्त गर्दै श्रीकृष्ण प्रणामी सेवा समितिका अध्यक्ष मोहन ढकालले चिउलीपार्चे तमु समाज संगको सहकार्य प्रति धन्यवाद ब्यक्त गर्दै चिउलीपार्चे समाजले आयोजना गर्ने कार्यक्रममा समेत कृष्ण प्रणामी सेवा समितिको तर्फबाट सहयोग रहने वताए । श्रीमदवीतकको २५ औं दिन आइतबार अन्तराष्ट्रिय श्रीमदभागवत भाष्कर सन्त श्री रोहितराज महाराजको प्रवचन हुने समेत ढकालले जानकारी दिए ।

Read more

पोखरामा मंसिर ५ र ६ गते कांग्रेस गण्डकीको दोस्रो अधिवेशन, देउवाले उद्घाटन गर्ने

१ हजार ६ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदै, अधिवेशनका लागि २५ लाख खर्च अनुमान पोखरा, कात्तिक २७ । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको दोस्रो अधिवेशन आगामी…

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…