35Shares

पोखरा । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५जेनेपालको डिष्ट्रिक्ट पदाधिकारी पदस्थापन समारोह एवं पहिलो क्याविनेट मिटिङ शनिवार पोखरामा सम्पन्न भएको

समारोहमा डिष्ट्रिक्ट पदाधिकारीहरुलाई लायन्स अन्तर्राष्ट्रियका निर्देशक बालकृष्ण बुर्लाकाटीले पद तथा गोपनियताको सपथ खुवाई पदस्थापित गराएको डिष्ट्रिक्ट क्याविनेट सेक्रेटरी कृष्ण अधिकारीले जानकारी दिए

डिष्ट्रिक्ट ३२५जेनेपालका डिष्ट्रिक्ट गभर्नर मिलन थापाको अध्यक्षता, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यता, गण्डकी प्रदेशका सामाजिक बिकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो

पदस्थापन समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि मुख्य मन्त्री सुरेन्द्र पाण्डेले लायन्सले समाजमा गर्दै आएका कार्यहरू उदाहरणिय रहेको बताएका थिए लायन्सले विपदको बेला राज्यलाई गरेको सहयोग कार्यहरुले समाजमा लायन्सको गरिमा बढाएको बताउदै मुख्य मन्त्री पाण्डेले प्रशंसा समेत गरेका थिए

कार्यक्रमका विशिष्ट अतिथि सामाजिक बिकास मन्त्री बिन्दुकुमार थापाले आफु पनि लायन्स सदस्य रहेको बताउदै हामी कुनै कुनै रुपमा सामाजिक कार्यहरु गरिरहेका हुन्छौ, एक आपसमा मानवीय सम्बन्धको स्थापना गर्दै सामाजिक सेवाबाट सन्तुष्टि प्राप्त गर्न लायन्सबाट धेरै कुरा सिक्न सकिने बताएका थिए स्वास्थ्य मन्त्रीसमेत रहेका थापाले लायनहरुले गर्ने सेवाका कार्य उत्कृष्ट रहेको बताउदै हाल गण्डकी प्रदेशमा डेगु संक्रमण बड्दै गएकोले डेगु सम्बन्धि सचेतना रोकथाममा लायन्ससँग सहकार्य गर्न प्रदेश सरकार तयार रहेको जनाउँ दिएका थिए

पदस्थापन समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका पदस्थापन अधिकृत लायन्सका अन्तर्राष्ट्रिय निर्देशक वालकृष्ण वुर्लाकोटीले लायन्सका अन्तराष्ट्रिय प्रेसिडेन्ट फोब्रिसियो वलिभेराले यस वर्ष अघि सारेकोमिसन .लाई सफल बनाउन सदस्यता बद्धि अभियानमा डिष्ट्रिक्ट ३२५ जे सक्षम रहेको जनाउँ दिए सामाजिक क्षेत्रमा नेपाली लायन्सहरुले पुर्र्याएको योगदान महत्वपूर्ण रहेको धारणा राखे

कार्यक्रममा लायन्स अन्तर्राष्ट्रियका एलसिआईएफ एरिया लिडर राजन लम्साल, निबर्तमान डिष्ट्रिक्ट गर्भनर लायन हरि मरहट्टा, पूर्व मल्टीपल काउन्सिल चेयरपर्सन प्रेम बहादुर श्रेष्ठ लगाएतले डिष्ट्रिक्ट ३२५ जे नेपालले सञ्चालन गरेका सामाजिक कार्यक्रमहरु तत्कालीन दीर्घकालीन रुपमा निकै उपलब्धीपूर्ण रहेको बताउदै लायन बर्ष २०२४/२५ का डिष्ट्रिक्ट गर्भनर मिलन थापालाई बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गरेका थिए

डिष्ट्रिक्ट गभर्नर थापाले डिष्ट्रिक्ट ३२५ जे नेपाल सेवा, योगदान, सदस्यता बृद्वीमा सँधै अब्बल हुने दाबी गर्दै कार्यकाल सुरूवातको दिनबाटै अपेक्षित लक्ष्य प्राप्त गर्दै गईरहेको बताईन् कार्यक्रममा डिष्ट्रिक्टका विभिन्न पदमा रहेर उत्कृष्ट कार्यगर्ने लायन्स क्लबहरू तथा विभिन्न क्लब डिष्ट्रिकका पदाधिकारीलाई विभिन्न शिर्षकमा सम्मान गरिएको थियो

क्याविनेट सेक्रेटरी कृष्ण अधिकारीको संचालनमा रहेको समारोहमा प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर मिलन बाबु मल्ल, द्वितिय भाइस डिष्ट्रिक्ट गभर्नर प्रजापति बास्तोलाले डिष्ट्रिक्ट गभर्नरले ल्याएका कार्यक्रमलाई सफल बनाउन दृढ़ भएर लाग्ने प्रतिबद्वता व्यक्त गरेका थिए

कार्यक्रममा ३२५ जे नेपालका क्याविनेट अफिसरहरु, विभिन्न क्लबका अध्यक्षहरु, क्लब अफिसरहरु तथा क्लबका सदस्यहरु सहित करिव हजार बढी लायन सदस्यहरु सहभागी भएको आयोजक क्लब लायन्स क्लब अफ पोखरा पिस भ्यालीका संस्थापक अध्यक्ष सुदीप ओझाले जानकारी दिए

पहिलो क्याविनेट बैठकको संयोजन लायन्स क्लब अफ पोखरा पिस भ्यालीले गरेको थियो भने संयोजक पिस भ्यालीका पूर्व अध्यक्ष रामकृष्ण पौडेल थिए ।कार्यक्रमको अत्यमा आयोजक क्लबले बिभिन्न बिधामा एवार्ड वितरण गरेको  थियो

कार्यक्रमलाई फरक बनाउन व्याबसायिक स्टलहरु पनि राखिएको थियो

35Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected