37Shares

पोखरा रोटरी क्लब अफ पोखरा पाराडाईज बाबा फ़ाउण्डेशन नेपालले निःशुल्कआँखा जाँच शिविर गरेको   विहिवार पोखरा, प्रस्यांगस्थित ज्येष्ठ नागरिक मिलन केन्द्रमा निःशुल्क आँखा जाँच शिविर सहित दर खुवाउने कार्यक्रम सम्पन्न गरेको रोटरी क्लब अफ पोखरा पाराडाईजका सचिव दीपक गुरूङले बताए 

हिमालय आँखा अस्पतालको प्राविधिक सहयोगमा संचालित शिविरमा १२० जना ज्येष्ठ नागरिकले सेवा लिएका थिए कार्यक्रम विहान १० बजेदेखि दिउँसो बजेसम्म चलेको थियो

रोटरी क्लब अफ पोखरा पाराडाईजका अध्यक्ष देवेन्द्र पराजुलीको अध्यक्षतामा सम्पन्न उक्त शिविरमा आँखाको विशेष जाँच गरिएको थियो भने निःशुल्क चस्मासहित औषधि पनि वितरण गरिएको थियो

कार्यक्रममा बाबा फ़ाउण्डेशन नेपालका सचिव टंकराज अधिकारी, क्लबका प्रेसिडेन्ट इलेक्ट भोजराज पाण्डे, सचिव दीपक गुरूङ, कोषाध्यक्ष विकलमणि भुर्तेल, सहकोषाध्यक्ष सृजना थापा, पब्लिक ईमेज चेयर जसमाया गुरूङ, सर्भिस प्रोजेक्ट चेयर संजय पराजुली, फ़ाउण्डेशन चेयर सन्तोष खनाल, सर्जेन्ट एट आर्म्स मोहदत्त काफ्ले, मेम्बरशिप चेयर नम्रता थापालगाएतको उपस्थिति रहेको थियो

कार्यक्रमका लागि स्वतःस्फूर्त रूपमा आर्थिक सहयोग गर्ने पोखरा-५, प्रस्यांग घर भई हाल अमेरिका निवासी अशोकजंग केसीको सम्मान स्वरूप उहाँ माता गंगा केसीलाई खादा लगाई सम्मान गरिएको थियो ।

37Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected