16Shares

पोखरा भ्यूज

पोखरा पोखरा, घारीपाटनस्थित माता सरस्वती नौमती बाजा समूहले देउसीभैलो खेलेको पोखरा महानगरपालिका नम्बर वडाको आर्थिक सहयोगमा गत पुष महिनामा नौमती बाजा बजाउन तालिम लिएको समूहले तिहार पर्वका अवसरमा देउसीभैलो खेलेको बताएको हो 

गत बर्ष पुष देख़ि माघ १५ गतेसम्म बाजा बजाउन तालिम लिएपछि माता सरस्वती नौमती बाजा समूहको नामाकरण गरिएको समूहमा ११ जना पुरुष जना महिला आवद्व रहेको समूहका अध्यक्ष लक्ष्मी परियारले जानकारी गराईन्

भर्खर भर्खर मात्र सिकेका छौ, आफुमा निखारता ल्याउन पनि सहज हुने बढ्दो आधुनिकतासँगै मौलिकता हराउँदै गएको समयमा मौलिक देउसी-भैलोलाई निरन्तरता दिन बाजा समूहले प्रयास गरेको अध्यक्ष परियारको भनाई थियो 

गत बैसाखदेख़ि व्यवसायिक रूपमा बाजा बजाउन सुरु गरेका छौं । वैशाख महिनामा ब्रतबन्ध बिवाह गरी ४ ठाउँमा बाजा बजाएको थियो भने त्यसपछि नवदुर्गाको कालरात्रीमा श्री घारीपाटन जनजागृति बाबाआमासमूहको देउसीभैलो गरी हालसम्म पटकसम्म व्यवसायिक रूपमा बाजा बजाईएको अध्यक्ष परियारले बताईन् समूहले बिवाह ब्रतबन्धलगाएत कुनै पनि कार्यको लागि एकदिनको लागि ३५ देख़ि ४० हजारसम्म ज्याला लिने गरेको छ भने त्यस मध्येबाट १२ सय रूपैयाँ कोषमा राख्ने गरेको परियारले बताईन् । उनी भन्छिन् हामीमा आत्मविश्वास बढ़ेको की बर्षौदेख़ि बजाउदै आएकासँग प्रतिस्पर्धा गर्न हामीलाई कुनै हिच्किचाहत छैन

समूहले मौलिक भाका बाजाको तालमा देउसीभैलो खेल्दै भैलेनी आइन् आँगन, बडालीकुडाली राखन, आहैँ औँसीको बार गाईतिहार भैली जस्ता पुराना मौलिक गीतगाएर पुरानो संस्कृति स्मरण गराएका थिए  समूहका सदस्य राजेन्द्र परियार भन्छन्, ‘यी गीत गाएर देउसी-भैलोखेल्दा पूरानै दिनको सम्झना आएको बताए 

नौमती बाजासहित पहिलो पटक कसैले गीत गाउँने, कोईले भट्याउने, कोही नाच्ने गर्दा देउसी-भैलोले छुट्टै आनन्द आएको अर्का सदस्य अनिस परियार बताउँछन्।

16Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected