0Shares

काठमाडाैं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले द्वन्द्व निम्त्याउन सरकार आफैं लागि परेको आरोप लगाउनुभएको छ । शुक्रबार काठमाडौमा नेपाल टेलिकम वर्कस युनियनको नवौं क्षेत्रीय अधिवेशनाको उद्घाटन गर्दै नेता सिंहले विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएर सरकारले देशलाई द्वन्द्वतर्फ धकेलेको आरोप लगाउनु भयो ।

नेता सिंहले राष्ट्रिय सुरक्षाका विषयमा सरकारले राष्ट्रिय दलको मान्यता प्राप्त दलसँग छलफल गर्नुपर्ने भए पनि एकलौटी निर्णय गरेको भन्दै आपत्ति जनाउनु भएको थियो । उहाले राष्ट्रिय सुरक्षाको विषयमा सबै दलसँग छलफल र वार्ता गरेर निकास निकाल्नुपर्ने भन्दै प्रतिबन्ध मात्र समस्याको समाधान नभएको बताउनुभयो ।

यस्तै सरकारले सीके राउतसँग ११ बुँदे समझदारी गरेर नेपालको संविधानको विपक्षमा अघि बढेको आरोप समेत लगाउनुभयो ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected