0Shares

काठमाडौं । चौतर्फी विरोध भएपछि काठमाडौंको खुलामञ्चमा बनाइएको सटरहरु भत्काइएको छ ।

काठमाडौं महानगरपालिकाले २०७१ मा खुलामञ्चमा बसपार्क राख्न भाडामा दिएको थियो । बसपार्क राख्न दिएको केही क्षेत्रमा सटर बनाएर भाडामा दिइएको थियो भने केही बन्दै गरेका थिए । खुल्लामञ्चमा अवैधरुपमा बनेका टहराहरुको चौतर्फी विरोध हुनथालेपछि महानगरपालिकाले बसपार्क क्षेत्रका टहरा भत्काएको हो । टहरा भत्काउने क्रममा काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य, महानगर प्रमुख बिद्यासुन्दर शाक्यलगायतको उपस्थिति रहेको थियो ।

महानगरपालिका र ठेकेदार मनोजकुमार भेटवालको स्वच्छन्द विल्डर्सको मिलेमतोमा खुल्लामञ्च ठेक्का दिएको बाहिर आएपछि चौतर्फी विरोध भएको थियो । विरोधपछि महानगरपालिकाले त्यहाँ रहेका सटरहरु भत्काउन बाध्य भएको हो । खुलामञ्चभित्र करिब ४० वटा सटरहरु सञ्चालन हुँदै आएका थिए ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected