0Shares

कैलाली । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कैलालीको लम्कीमा स्थानीय र प्रहरीबीच झडप भएको छ । झडपको क्रममा सात जना प्रहरी र केही प्रदर्शनकारी घाइते भएका छन् । स्थति नियन्त्रणमा लिन प्रहरीले लाठी चार्ज र अश्रुग्यास प्रहार गरेको थियो ।

लम्की बहुमुखी क्याम्पसमा अध्ययनरत १९ वर्षीया सुनिता रावलको ना ७ ख ९२३३ नम्बरको ट्रकको ठक्करबाट मृत्युभएपछि स्थानीयको प्रदर्शनले उग्र्ररुप लिएको हो । मृतकलाई उचित क्षतिपूर्ति र चालकलाई कारवाही गर्न माग गर्दै स्थानीयले पूर्व–पश्चिम राजमार्गको लम्की खण्ड अवरुद्ध गरेर प्रदर्शन गरेका हुन् ।

प्रहरीले ट्रकका चालकलाई नियन्त्रणमा लिएको छ भने प्रदर्शनकारीले ट्रक तोडफोड गरेका छन् ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected