0Shares

काठमाडौँ, १५ फागुन । नेपाली मौलिक तथा परम्परागत खानामार्फत पर्यटन प्रवद्र्धन गरिने भएको छ । कोभिड–१९ बाट थला परेको नेपालको पर्यटन क्षेत्रलाई पुनःस्थापना गर्नका लागि ग्यास्टोनोमी टुरिजम एशोसिएशन अफ नेपालले नेपाली मौलिक तथा परम्परागत खानामार्फत पर्यटन प्रवद्र्धन गर्न लागेको हो ।

एशोसिएशनका अध्यक्ष सुरेशचन्द्र बस्नेतले नेपालको मौलिक खानामार्फत विदेशी पर्यटक भित्र्याउन ग्यास्टोनोमी टुरिजम (खाना पर्यटन)लाई विकास गर्न लागिएको जानकारी दिनुभयो । “एशोसिएशनले सातै प्रदेशमा नेपाली खानाको सम्भावित परिकारको बारेमा खोजी गरी मौलिक तथा परम्परागत खानामार्फत पर्यटन प्रबद्र्धनमा लाग्नेछ”, उहाँले भन्नुभयो ।

एशोसिएशनले कोरोनाका कारण होटल बन्द हुँदा कयौँ व्यवसायी तथा मजदूरले रोजगार गुमाउनुपरेको भन्दै होटल व्यवसायी र मजदूरलाई उचित राहतको व्यवस्था मिलाउन सरकारलाई आग्रहसमेत गरेको छ । एशोसिएशनका सचिव भावना केसीले नेपालको आर्थिक मेरुदण्डका रुपमा रहेको पर्यटन क्षेत्रलाई पुनःस्थापनाका लागि सरकारले विशेष योजना बनाउनुपर्ने बताउनुभयो ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected