२०८३ कार्तिक २४, मंगलबार Tuesday, November 10, 2026
खबर

नेपाली कांग्रेस अन्नपूर्णमा टोल–टोलमा संगठन विस्तार

१४ कार्तिक, पोखरा

पोखरा भ्यूज । नेपाली कांग्रेसले वडा, पालिका हुँदै टोल–टोलमा संगठन विस्तार गर्न सुरु गरेको छ । नेपाली कांग्रेस अन्नपूर्ण गाउँपालिकाले गाउँपालिकाको वडा नं ३ धारापानी स्थित बाह्र घर ६ घर टोलमा कांग्रेसको टोल समिति, दलित संघ विस्तार गरेको छ । कांग्रेसले सोटोलमा करिव ७० जनाको उपस्थितिमा टोल समिति र दलित संघ विस्तार गरेको क्षेत्रिय प्रतिनिधि यज्ञराज पौडेलले जानकारी दिए ।

शनिवार सम्पन्न भेलाले स्थानीय कमला सुनारको संयोजकत्वमा ११ सदस्यीय टोल समिति गठन गरेको छ ।

नेपाली कांग्रेस अन्नपूर्ण गाउँपालिकाका सभापति मनपती भण्डारी, गाउँपालिकाका अध्यक्ष एवं नेपाली कांग्रेस कास्कीका ज़िल्लासदस्य युवराज कुँवरको विशेष उपस्थितिमा सम्पन्न कांग्रेस क्रियाशिल सदस्यहरुको भेलाले समितिको सह– संयोजकमा सावित्री बिक, सचिवमा विजय सुनार, सहसचिवमा देविलाल सुनार र कोषाध्यक्षमा विष्णु सुनारलाई चयन गरेको हो। समितिका अन्य सदस्यहरुमाआइता कुमारी सुनार, लक्ष्मी सुनार, टेकबहादुर सुनार, टिकाराम सुनार र सुक बहादुर गुरूङ रहेका छन।

त्यस्तै भेलाले राजकुमार बिक को संयोजकत्वमा ११ सदस्यीय टोल दलित संघको समेत गठन गरेको छ । संघको सचिवमा शान्ती सुनारर कोषाध्यक्षमा विष्णु सुनार चयन भएका छन । सदस्यहरूमा क्रमशः आशा परियार, शोभा परियार, देविलाल सुनार, विजय सुनार, लक्ष्मी सुनार र टेकबहादुर सुनार चयन भएका नेपाली कांग्रेसका क्षेत्रिय प्रतिनिधि विकास गुरूङले बताए ।

नेपाली कांग्रेसले स्थानीय तहको फेरिएको संरचनाअनुसार पार्टी संरचनामा व्यापक परिर्वतन गर्दै तल्लो तहसम्मै बलियो संगठन बनाउनेअभियानमा रहेको अन्नपूर्ण गाउँपालिकाका सभापति मनपती भण्डारीले बताए ।

कांग्रेसको नयाँ विधानले गाउँ–टोल समितिदेखि वडा कार्यसमिति र मूल्यांकन गर्न वडा स्तरमै वडा कार्यसम्पादन समितिसमेत गठन गर्नेप्रस्ताव गरेको गाउँपालिकाका अध्यक्ष युवराज कुँवरको भनाई रहेको थियो।

सो अवसरमा पाटीको सदस्य लिएका विभिन्न व्यक्तिलाई भण्डारी र कुँवरले टिका लगाई पाटी प्रवेश गराएका थिए ।

अन्नपूर्ण गाउँपालिका वडा नं ३ सभापति डिल्लीराम पौडेलको सभापतित्वमा भएको सो कार्यक्रममा नेपाली कांग्रेस अन्नपूर्णगाउँपालिकाका उपसभापति शुशील भट्टचन, क्षेत्रीय प्रतिनिधि, विकाश गुरुंग, यज्ञ पौडेल, छबी पौडेल, राजु गुरूङ, प्रकाश गुरूङ, मायागुरूङ, तारानाथ पौडेल, कांग्रेसका पुराना नेता मोतीलाल पौडेल, टिकाराम पौडेल लगायतले पार्टी संगठनलाई टोल र वडा तहदेखि नैसुदृढ बनाएर अघि बढ्नुपर्ने भनाई राख्नुभएको थियो ।

भेलामा वडा कार्यसमितिका पदाधिकारी एवं सदस्य लगाएतको उल्लेख्य सहभागिता रहेको थियो ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…