
पोखरा भ्यूज । नेकपा एमाले कास्कीको अध्यक्षमा मनबहादुर गुरूङ निर्वाचित भएका छन् । मंगलबार भएकोनिर्वाचनको नतिजा बुधबार बिहान आएको हो । गुरूङले प्रतिस्पर्धी दामोदार बैरागीलाई ४९ मतले पछि पार्दैअध्यक्षमा बिजयी भएका हुन । गुरुङले ४५६ मत पाउँदा बैरागीले ४ सय ७ मत प्राप्त गरेका छन ।
यसअघि जिल्लाको समितिमा गुरूङ उपाध्यक्ष र बैरागी सचिव रहेका थिए ।
यसैगरी उपाध्यक्षमा तेजनारायण अधिकारी ४२१ मतका साथ बिजयी भएका छन भने उपाध्यक्षका अर्काउम्मेद्वार प्रभा कोईरालाले ४१३ मत प्राप्त गरेकी छन ।
सचिवमा ज़िल्ला समन्वय समिति कास्कीका संयोजक समेत रहेका युवा नेता बैनबहादुर क्षेत्री ४७५ मतसहितनिर्वाचित भए । यस्तै उपसचिवमा दर्शन लामा ५४० मत र नवराज ओझा ४४३ प्राप्त गरी बिजयी हुन सफलरहेका कास्की एमाले निर्वाचन समितिले जनाएको छ ।
सचिवमा पराजीत बिष्णुबहादुर केसीले ३६४ तथा उपसचिवमा पराजीत ईमान पौडेलले ३५५ र मनबुजा बिकले२३७ मत प्राप्त गरेका छन। सहमति जुटन नसकेपछि नयाँ कार्यसमिति चयनका लागि कास्कीमा गुरुङ र बैरागीपदाधिकारीको टीमसहित निर्वाचनमा होमिएका थिए ।
कास्कीमा नेकपा एमालेका उपमहासचिव पृ्थ्वीसुब्बा गुरूङले मनबहादुर गुरूङ र संगठन विभाग प्रमुख खगराजअधिकारीले दामोदर बैरागीलाई समर्थन गरेका थिए ।











